बिहीबार दिउँसो हङकङको चिमसा चोइस्थित बन्दरगाह नजिक काम गर्ने क्रममा पानीमा डुबेर एक मजदुरको मृत्यु भएको छ।
दिउँसो करिब १२ बजे हार्बर सिटीको ओसन टर्मिनलमा काम गर्ने क्रममा चान उपनामका ६५ वर्षीय कामदार समुन्द्रमा खसेका थिए।
उनी पानीमा खसेलगत्तै सहकर्मीले प्रहरीलाई खबर गरेपछि अग्नि नियन्त्रक र प्यारामेडिक घटनास्थलमा आइपुगेका थिए।
बेहोस अवस्थामा उद्धार गरिएका चानलाई तुरुन्तै अस्पताल लगिएको थियो
उद्धारकर्ताले उनलाई प्रहरीको स्पिडबोटबाट किनारामा ल्याए। त्यतिबेलासम्म अचेत भइसकेका उनलाई ढिला नगरीकन क्विन एलिजाबेथ अस्पताल लगिएको थियो। तर उनी बाँच्न सकेनन्।
अस्पतालले उनको फरेन्सिक परीक्षणपछि मात्र मृत्युको कारण बताउन सकिने बताएको छ भने प्रहरीले घटना सम्बन्धमा अनुसन्धान गरिरहेको बताएको छ।
324
Shares
प्रतिक्रिया