स्पेनको म्याड्रिडका लागि उडेको क्याथे प्यासिफिक एयरवेजको जहाजमा समस्या देखिएपछि हङकङ नै फर्किएको छ।
आइतबार (गएराति) १२:४० मा उडेको जहाजमा समस्या देखिएपछि गन्तव्य नपुगी फर्किएको हो।
१२:४० मा सहर छोडेको जहाज पुनः २:४६ मा हङकङमै अवतरण गरिएको थियो।
प्राविधिक गडबडी देखिएपछि जहाजलाई हङकङ फर्काइएको हो।
प्रणालीमा खराबी देखिए पनि कुनै क्षतिबारे रिपोर्ट गरिएको छैन।
रद्द गरिएको उडानका यात्रुलाई अर्को जहाजबाट गन्तव्यमा पठाइएको थियो। अर्को विमानमा नपठाउँदासम्मको अवधिमा नजिकैको होटल तथा कम्पनीको एयरपोर्ट लाउन्जमा आवासको व्यवस्था गरिएको क्याथेले जनाएको छ।
आफ्ना यात्रु र चालक दलको सुरक्षालाई कम्पनीले सधैं उच्च प्राथमिकता राख्ने पनि क्याथेले बताएको छ।
यात्रुलाई बिहान ११:४२ अर्को उडानबाट गन्तव्यमा पठाइएको थियो।
यात्रु वर्गमा परेको कुनै पनि असुविधाका लागि इमान्दारीपूर्वक क्षमा चाहेको कम्पनीले उल्लेख गरेको छ।
यसअघि पनि अक्टोबरको सुरुमा जापानका लागि उडेको क्याथेको जहाजमा समस्या देखिएपछि गन्तव्य नपुगी हङकङ नै फर्किएको थियो।
विमानको कार्गो ढोका अनलक फेला परेपछि उडान भरेको तीस मिनेटमै विमान हङकङ फर्किएको थियो।
Shares
प्रतिक्रिया