हङकङमा पाँच वर्षको अवधिमा तीन हजारभन्दा बढी निजामती कर्मचारीलाई अनुशासनको कारवाही गरिएको छ।
निजामती सेवाका सचिव इन्ग्रिड योङ हो पोइ–यानले जनता, सरकार र राष्ट्रप्रति बफादार नहुने कर्मचारीलाई अनुशासनको कारवाही गरिएको बताएकी हुन्।
सचिव योङले कारवाहीका क्रममा १९५ जनालाई बर्खास्त नै गरिएको बताइन्।
जसमा ६० जना गतवर्ष मात्र बर्खास्तमा परेका थिए।
उनले सरकारी कर्मचारीले आफ्नो कर्तव्यप्रति समर्पित, जनताको ख्याल राख्ने, सहकार्य र टिमवर्कलाई अंगाल्नुपर्ने तथा जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताइन्।
निजामती सेवा प्रमुख योङले सरकारी कर्मचारीको आचरण र इमान्दारितालाई ब्यूरोले ठूलो महत्व दिएको बताउँदै कानुन उल्लङ्घन गर्नेविरुद्ध ‘शून्य सहनशीलताको नीति’ अपनाइएको बताइन्।
357
Shares
प्रतिक्रिया