हङकङमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

हङकङमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको थियो (द स्ट्याण्डर्ड)


नेपालखबर
कात्तिक २१, २०८० मंगलबार १६:२९, हङकङ

मंगलबार बिहान हङकङको तामकोन सान रोडमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अर्को गम्भीर घाइते छन्।

बिहान चिङयीस्थित तामकोन सान रोडको पश्चिमतर्फको लेनमा उक्त दुर्घटना भएको हो।

दुर्घटनामा २३ वर्षीय पुरुषको मृत्यु भएको छ। उनले मोटरसाइकल हाँकिरहेका थिए। टाउको र शरीरका अन्य भागमा गहिरो चोट लागेका उनलाई प्यारामेडिकले घटनास्थलमै मृत घोषित गरेका थिए।

त्यस्तै मोटरसाइकलको पछाडि बसेकी २३ वर्षीया महिला गम्भीर घाइते भएको र उपचारार्थ प्रिन्सेन्स मार्गरेट अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

उनलाई प्रत्यक्षदर्शीले प्रहरीलाई दिएको जानकारी अनुसार मोटरसाइकलले नियन्त्रण गुमाउन पुग्दा दुर्घटना भएको थियो।

जानकार स्रोतले प्रहरीलाई दिएको सूचना अुनसार मोटरसाइकल चालकले गत महिना मात्र प्रोवेसनरी ड्राइभिङ लाइसेन्स प्राप्त गरेका थिए।

यातायात व्यवस्था विभागका अनुसार प्रावेसनरी लाइसेन्स भएका मोटरसाइकल चालकले यात्रु बोक्न नपाउने र ७० किलोमिटर प्रतिघण्टाभन्दा बढी गतिमा सवारीमा चलाउन निषेध छ।

घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। घटनाको बारेमा कसैलाई जानकारी भएमा ३६६१ १३४६ वा ३६६१ १३०० मा खबर दिन पनि प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .