मकाउका कानुन प्रवर्तन अधिकारीले क्रस ड्रेसिङ प्रोस्टिच्युसन गरेको आरोपमा दुई जना फिलिपिनो पुरुषलाई पक्राउ गरेका छन्।
उनीहरूलाई महिलाको भेषमा मकाउको एक होटलमा यौनधन्दामा सक्रिय रहेको आरोप लागेको छ।
यौनधन्दामा संलग्न रहेको आरोप लागे पनि प्रारम्भिक अनुसन्धानमा उनीहरू आपराधिक गतिविधिमा भने संलग्न नभएको पाइएको अधिकारीहरूले जनाएका छन्।
‘होटल उद्योग सम्पर्क संयन्त्र’मार्फत रिपोर्ट प्राप्त गरेपछि अधिकारीहरू त्यहाँ खटिएको कानुन प्रवर्तन एजेन्सीले जनाएको छ।
अधिकारीहरूले पक्राउ गरेपछि सोधपुछ गर्दा दुवै व्यक्तिले मकाउ आइपुगेपछि यौनधन्दामा संलग्न भएको स्वीकार गरेका छन्।
तीमध्ये एकले यौनकार्यका लागि हङकङ डलर एक हजार चार्ज गरेको दाबी गरेका छन् भने अर्कोले ग्राहकलाई अनुरोध गर्ने प्रयास गरेको स्वीकार गरेका छन्।
उनीहरूलाई थप कारबाहीका लागि अध्यागमन विभागमा बुझाइएको छ।
Shares
प्रतिक्रिया