शुक्रबार हङकङमा स्कुल बस र ट्रक एकआपसमा ठोकिँदा १२ जना बालबालिका घाइते भएका छन्।
शुक्रबार बिहान साउके वानस्थित नामअन लेनमा दुर्घटना भएको हो।
दुर्घटनामा धेरै मानवीय क्षति नभए पनि १२ जना बालबालिकालाई अस्पताल भर्ना गरिएको थियो।
विद्यालय स्रोतले जानकारी गराएअनुसार दुर्घटनाको बेला बसमा ५० जना विद्यार्थी र चार जना शिक्षक यात्रारत रहेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
दुर्घटनाबाट एक विद्यार्थीको अनुहारमा चोट लागेको छ भने अन्यलाई बाहिरी चोट देखिएको थिएन।
यद्यपि उनीसहित अस्वस्थ देखिएका अन्य ११ जना विद्यार्थीलाई अस्पताल पठाइएको थियो। उनीहरू ८ देखि ९ वर्षका हुन्।
बसमा प्राथमिक तहका विद्यार्थी थिए। अस्पताल भर्ना गरिएका बाह्रै जनालाई दिउँसो डिस्चार्ज गरिसकिएको छ।
दुर्घटनाबाट बसका चालक पनि सामान्य घाइते भएका छन्।
उनलाई घटनास्थलमै सामान्य उपचार गरिएको थियो। अन्य बालबालिकालाई चाइवानस्थित पामेला युड नेदरसोल पूर्वी अस्पताल लगिएको थियो।
Shares
प्रतिक्रिया