हङकङको चिमसा चोइले गुमायो विश्वकै महँगो बजारबाट दोस्रो स्थान

हङकङको चिमसा चोइले गुमायो विश्वकै महँगो बजारबाट दोस्रो स्थान

चिमसा चोइ (तस्बिर : एक्स्पेडिया)


नेपालखबर
मंसिर ६, २०८० बुधबार १८:३५, हङकङ

विश्वकै महँगो बजारको र्‍याङ्किङमा दोस्रो स्थानमा दर्ज भएको हङकङको चिमसा चोइले आफ्नो स्थान गुमाएर तेस्रोमा पुगेको छ।

यसअघि तेस्रो स्थानमा रहेको इटालीको मोन्टेनेपोलियनले चिमसा चोइलाई उछिनेको हो।

पहिलो स्थानमा भने न्युयोर्कको फिफ्थ एभिन्युले आफ्नो र्‍याङ्किङलाई कायम राखेको छ।

कुशम्यान एण्ड वेकफिल्डको मेन स्ट्रिट्स अक्रोस द वर्ल्ड २०२३ रिपोर्टले सार्वजनिक गरेको विश्वका महँगा खुद्रा बजारको र्‍याङ्किङमा चिमसा चोइ तेस्रो स्थानमा परेको हो।

अध्ययनले बढी भाडा तिर्ने बजारको अध्ययन गरी प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ।

जसमा फिफ्थ एभिन्युले प्रतिवर्ग फुट दुई हजार अमेरिकी डलर वार्षिक भाडाका साथ आफ्नो पहिलो स्थानलाई कायम राखेको हो।

दोस्रो स्थानमा परेको इटालीको मोन्टेनेपोलियनका पसलले वार्षिक प्रतिवर्ग फुट एक हजार सात सय ६६ अमेरिकी डलर भाडा तिर्ने रिपोर्टमा उल्लेख छ।

त्यस्तै, तेस्रो स्थानमा परेको हङकङको चिमसा चोइका पसलले औसतमा प्रतिवर्ग फुट एक हजार चार सय ९३ अमेरिकी डलर वार्षिक भाडा तिर्ने रिपोर्ट सार्वजनिक भएको हो।

सन् २०२२ को रिपोर्टअनुसार यस्तो वर्गीकरणमा फिफ्थ एभिन्यु पहिलो, चिमसा चोई दोस्रो र मोन्टेनेपोलियन तेस्रो स्थानमा परेका थिए।

यद्यपि चिमसा चोई एसिया प्यासिफिकको र्‍याङ्किङमा भने पहिलो नम्बरमै परेको छ।

एसिया प्यासिफिकमा चिमसा चोइपछि सबैभन्दा महँगो बजारमा हङकङकै कजवे बे परेको छ। यसको प्रतिवर्ष प्रतिवर्ग फुट भाडा एक हजार तीन सय ७४ अमेरिकी डलर रहेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .