नवजात शिशु भएका हङकङवासीलाई फ्ल्याट भाडामा लिन पर्खने समय घट्यो

नवजात शिशु भएका हङकङवासीलाई फ्ल्याट भाडामा लिन पर्खने समय घट्यो

नवजात शिशु भएका परिवारलाई सार्वजनिक फ्ल्याट खरिदमा समेत १० प्रतिशत आरक्षण छुट्याइएको छ (एससीएमपी)


नेपालखबर
मंसिर १५, २०८० शुक्रबार १३:४५, हङकङ

तपाईं हङकङको बासिन्दा हो? घरमा नवजात शिशु छन्? सार्वजनिक फ्ल्याटको लागि आवेदन दिनुभएको छ?

यदि तपाईंसँग यी तीन कुरा छन् भने संक्रमणकालीन आवासको प्रतीक्षा समय तीन वर्षबाट घटेर दुई वर्षमा झरेको छ।

हङकङमा ‘प्रजनन क्षमतालाई बढावा दिन र बच्चा जन्माउने वातावरण सिर्जना गर्न’ भन्दै सरकारले शुक्रबारबाट लागू हुनेगरी यस्तो व्यवस्था गरेको हो।

२५ अक्टोबरपछि जन्मेका बच्चा भएका र दुई वर्षदेखि सार्वजनिक फ्ल्याटको लागि पर्खिरहेका परिवार यो व्यवस्थाबाट लाभान्वित हुनेछन्।

सरकारी प्रवक्ताको भनाइलाई उद्धृत गर्दै स्थानीयले सञ्चारमाध्यमले लेखेको छ, ‘यस्तो व्यवस्थाले नवजात शिशु भएका परिवारलाई कठिनाइबाट छुटकारा पाउन र जीवनको गुणस्तर राम्रो बनाउन मद्दत गर्नेछ।’

यो व्यवस्थाबाट फाइदा उठाउन चाहनेले आफ्नो बच्चाको पहिलो जन्मदिनअघि संक्रमणकालीन आवासको लागि आवेदन पेस गर्नुपर्नेछ।

संक्रमणकालीन आवास भन्नाले स्थायी फ्ल्याटका लागि पर्खिरहेका व्यक्ति वा परिवारको लागि अस्थायी रूपमा तयार गरिएको आवास प्रावधान हो।

बिहीबार मात्रै आवास प्राधिकरणले सार्वजनिक भाडाको फ्ल्याटको औसत प्रतीक्षा समय ५.६ वर्ष पुगेको बताएको छ।

यो पर्खाइका बीच आवेदकहरूले अस्थायी रूपमा बस्ने पाउने आवासलाई ‘संक्रमणकालीन आवास’ नाम दिइएको छ।

सरकारले घोषणा गरेको नयाँ नीतिमा नवजात शिशु भएका परिवारलाई अर्को पनि खुसी थपिएको छ– उनीहरूलाई सरकारी अनुदानका फ्ल्याट खरिद गर्नका लागि १० प्रतिशत आरक्षण छुट्याइएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .