हङकङको चुनवानमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
आइतबार बिहान साढे ११ बजे रुट ट्विस्कको भ्युइङ पोइन्ट नजिकै गुडिरहेको मोटरसाइकल सेङचुनतर्फ जाँदै गरेको केएमबीको एकल-डेक बससँग ठोकिएको थियो।
बसको ठक्करबाट घाइते भएका ६० वर्षीय मोटरसाइकल चालकलाई प्यारामेडिकले तत्काल चुनवानमा रहेको यानचाइ अस्पताल पुर्याएका थिए। अस्पतालले उनलाई मृत घोषित गरेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।
114
Shares
प्रतिक्रिया