प्रजातन्त्र समर्थक ५ कार्यकर्ताबारे सूचना दिनेलाई हङकङ प्रहरीले डेढ करोड पुरस्कार दिने

प्रजातन्त्र समर्थक ५ कार्यकर्ताबारे सूचना दिनेलाई हङकङ प्रहरीले डेढ करोड पुरस्कार दिने

यी प्रजातन्त्र समर्थक कार्यकर्तामा साइमन चेङको नाम पनि पर्छ।


नेपालखबर
मंसिर २९, २०८० शुक्रबार १३:४६, काठमाडौँ

हङकङ प्रहरीले प्रजातन्त्र समर्थक पाँच कार्यकर्ताबारे जानकारी दिनेलाई १० लाख हङकङ डलर (नेपाली रुपैयाँ १ करोड ६९ लाख ९६ हजार ५४३) पुरस्कार दिने घोषणा गरेको छ।

यी प्रजातन्त्र समर्थक कार्यकर्तामा साइमन चेङको नाम पनि पर्छ। बेलायती वाणिज्य दूतावासका पूर्वकर्मचारी साइमनलाई २०१९ मा हाइ प्रोफाइल मुद्दामा हिरासतमा लिइएको थियो। अन्यमा फ्रान्सिस हुई, जोए सिउ, जोनी फोक र टोनी चोई हुन्।

यी सबैलाई हङकङको कडा राष्ट्रिय सुरक्षा कानुन उल्लंघन गरेको आरोप लगाइएको छ। यस कदमको बेलायत र अमेरिकाले आलोचना गरेका छन् ।

यी अधिकांश कार्यकर्ता बेलायत र अमेरिकामा बस्छन्। यी पाँच जनाविरुद्ध ‘पृथकतालाई उक्साउने’, ‘विदेशी शक्तिहरूसँग मिलेर काम गर्ने’ र राष्ट्रिय सुरक्षालाई खतरामा पार्नेजस्ता आरोप छन्।

राष्ट्रिय सुरक्षा विभागका प्रमुख सुपरिटेन्डेन्ट ली क्वाई-वाहले पत्रकार सम्मेलनमा भने- उनीहरूले आफ्नो देश र हङकङ बेचेका छन्, हङकङका जनताको हितलाई बेवास्ता गरेका छन्। राष्ट्रिय सुरक्षा विभागले उनीहरूको पिछा गर्न छाड्दैन। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .