कोरोना भाइरसबाट बच्न १० अर्ब हङकङ डलर छुट्याएको जानकारी दिँदै कार्यकारी प्रमुख क्यारी लामले मुख्यक्षेत्र चीनबाट हङकङ आउने सबैलाई क्वारेन्टाइनमा राखिने बताइन्।
बुधबारसम्म हङकङमा चीनबाट फैलन सुरु भएको कोरोना भाइरसबाट १८ व्यक्ति संक्रमित बनिसकेका छन्। एक जनाको भने मृत्यु भइसकेको छ।
हङकङका नागरिकको चर्को विरोधपछि सरकारले त्यहाँ एकपछि अर्को कडा नीतिहरु अपनाउँदै गएको हो।
सरकारको घोषणासँगै अब चीनबाट आउने सबैलाई १४ दिनसम्म विशेष स्वास्थ्य शिविरमा राखिने छ।
यसर भाइरस फैलन नियन्त्रण हुने अपेक्षा गरिएको छ। हङकङले चीनसँगका प्राय सबै नाका बन्द गरिसकेको छ।
हङकङले कोरोनाबाट जोगिन चीनसँगको सबै रेल सेवा तथा डुंगा सेवा ठप्प पारेको छ। विश्व स्वास्थ्य संगठनले स्वास्थ्य आपतकालीन अवस्थाको घोषणा गरिसकेको कोरोनाबाट बुधबारसम्म करिब ५ सय जनाको मृत्यु भइसकेको छ।
२४ हजारभन्दा बढी यसबाट संक्रमित छन्।
यो पनि।
कोरोना भाइरसका लक्षण के हुन्, यसबाट बच्न के गर्नुपर्छ?
Shares
प्रतिक्रिया