हङकङ : एक व्यक्ति मेस्सी बसेको होटलमा छिर्न खोज्दा भयो लफडा

हङकङ : एक व्यक्ति मेस्सी बसेको होटलमा छिर्न खोज्दा भयो लफडा

विनाअनुमति होटलभित्र छिर्न खोज्ने व्यक्तिलाई नियन्त्रणमा लिइँदै (दायाँ), आइतबारको खेलमा बेन्चमा बसेका मेस्सी


नेपालखबर
माघ २२, २०८० सोमबार १२:३, हङकङ

हङकङमा आइतबार राति मेस्सी बसेको होटलको लबीमा एकछिन गलफती भयो।

गलफतीको कारण थियो- मेस्सीका एक फ्यान जबरजस्ती होटलमा छिर्न खोज्नु।

अर्जेन्टिनाका फुटबल सुपरस्टारलाई भेट्न भन्दै ती व्यक्ति होटलमा छिर्न खोजेका थिए।

हङकङमा आइतबार मेस्सी अनुबन्धित क्लब इन्टर मियामी र हङकङ इलेभेनबीच खेल भएको थियो।

उक्त प्रतिस्पर्धामा मियामीले इलेभेनलाई ४-१ ले पराजित गर्‍यो। तर, उक्त खेलमा लियोनल मेस्सी र अर्का फुटबल स्टार लुइस सुआरेज मैदान बाहिरै रहे।

फुटबल स्टारहरूलाई पूरै खेल अवधिभर बेन्चमा सीमित गरिएको भन्दै दर्शकहरूले नाराबाजी समेत गरेका थिए।

दबाब खेप्न नसकेपछि मियामीका प्रशिक्षकले खेल सकिएपछि पत्रकार सम्मेलनमा माफी नै मागेका थिए। फुटबल स्टारको स्वास्थ्यका कारण खेलमा समावेश गर्न नसकिएको उनको स्पष्टोक्ति थियो।

मेस्सी बसेको होटलमा अनधिकृत व्यक्ति छिर्न खोजेको प्रहरीले पनि स्वीकार गरेको छ। अनधिकृत व्यक्ति होटलभित्र प्रवेश गर्न खोजेको भन्दै रिपोर्ट प्राप्त भएको प्रहरीले जनाएको हो।

यस सम्बन्धमा सोधिएको प्रश्नमा एक प्रहरी प्रवक्ताले दिएको जवाफ भन्दै द स्ट्यान्डर्डले लेखेको छ, ‘हिजो राति १०:४५ बजे प्रहरीलाई एक व्यक्ति एबरडीनमा अवस्थित ३ ओसन ड्राइभ होटलको प्रतिबन्धित क्षेत्रमा अनुमतिविना प्रवेश गर्न खोजेको भन्दै रिपोर्ट आएको थियो।’

यद्यपि, घटनाको भिडिओ सामाजिक सञ्जालमा छाएको छ। जहाँ एक व्यक्ति जबरजस्ती होटलभित्र छिर्न खोज्छन् तर उनलाई त्यहाँ रोकिन्छ।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार राति १ बजेसम्म फ्यानहरू मेस्सीलाई भेट्ने आशामा होटल बाहिर बसिरहेका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .