हङकङ : बेहोस अवस्थामा बसभित्र भेटिएका चालकको मृत्यु

हङकङ : बेहोस अवस्थामा बसभित्र भेटिएका चालकको मृत्यु

चालक बसभित्र बेहोस अवस्थामा भेटिएका थिए (द स्ट्यान्डर्ड)


नेपालखबर
माघ २६, २०८० शुक्रबार १७:१७, हङकङ

शुक्रबार दिउँसो बेहोस अवस्थामा मिनिबसभित्र भेटिएका चालकको मृत्यु भएको छ।

यु नामका ५६ वर्षीय मिनिबस चालकलाई दिउँसो १ बजेतिर अचेत अवस्थामा भेटेपछि अस्पताल लगिएको थियो। अस्पतालले उनलाई मृत घोषित गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

स्टेसन म्यानजेरका अनुसार मृतक यु बिहान ९ बजेदेखि ड्युटीमा थिए।

अचेत अवस्थामा भेटिनुअघि आज तीन ट्रिप पूरा गरेका चालकले अन्य चालकसँगको च्याट कुराकानीमा केही असजिलो महसुस गरेको र केही क्षणको आरामपछि निको हुने बताएको अनुसन्धानबाट खुलेको छ।

तर, त्यही असजिलो महसुस नै उनको ज्यान जाने घटना पुग्यो।

स्टेसन म्यानेजरलाई उद्धृत गर्दै समाचारमा उल्लेख भएअनुसार मृतक चालक विवाहित हुन् र उनीमा कुनै बिमारको अभिलेख छैन।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .