हङकङ : यी महिला जसले पसलेलाई यसरी झुक्याएर चोरिन् सुनका गहना

हङकङ : यी महिला जसले पसलेलाई यसरी झुक्याएर चोरिन् सुनका गहना

चेङसा वानस्थित क्यासल पिक रोडमा रहेको सुनचाँदी पसल (गुगल नक्सा)


नेपालखबर
फागुन २९, २०८० मंगलबार १७:१४, हङकङ

सोमबार बिहान करिब ११ बजे एक महिला चेङसा वानस्थित क्यासल पिक रोडमा रहेको एक सुनचाँदी पसलमा छिरिन्।

ग्राहकको रूपमा पुगेकी उनले त्यहाँ ब्रासलेट, नेकलेस लगायतका सुनका गरगहना हेरिन्, पसलका कर्मचारीसँग मोलतोल सोधिन्।

केही समय गरगहना नियालेकी उनले आफूसँग भएको बैंक कार्ड पसलमा छोड्दै आफ्नो घरेलु कामदारलाई खोज्न भन्दै बाहिर निस्किन् र फर्केर आइनन्।

ग्राहक निकैबेर नफर्किएपछि पसलका कर्मचारीले तब उनीमाथि शंका गरे जब पसलमा रहेका तीन वटा सुनका गहना गायब भएको भेटे।

गहना हराएको निश्चित भएपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले सीसीटीभी फुटेजको माध्यमबाट ती महिलाले ट्याक्सी चढेर गएको पत्ता लगायो।

क्यामेरामार्फत उनलाई पछ्याउँदै गएको प्रहरीले सामसुइपोमा ट्याक्सीबाट झरेर अर्को सवारीमा युनलङतर्फ गएको पत्ता लगायो।

अन्ततः युनलङको सार्वजनिक आवाससम्म ट्र्याक गरेर उनलाई प्रहरीले पक्राउ गर्‍यो।

सामसुइ पो अपराध अनुसन्धान इकाइका अधिकारीले जानकारी गराएअनुसार प्रहरीले ती महिलालाई सोही दिन बेलुका ७ बजे पक्राउ गरेको थियो।

अधिकारीहरूले उनको फ्ल्याटबाट चोरी गरिएका अन्य सामान पनि बरामद गरेका छन्।

काउलुनदेखि न्यु टेरिटोरिजसम्म २५ किलोमिटर ट्र्याक गर्दै प्रहरी उनको निवाससम्म पुगेको हो। उनले क्यासल पिक रोडको पसलबाट चोरी गरेका गहनाको मूल्य ४१ हजार हङकङ डलर रहेको प्रहरीले जनाएको छ। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .