हङकङ : बलात्कारको आरोपमा लाइबेरियाका युवक पक्राउ

हङकङ : बलात्कारको आरोपमा लाइबेरियाका युवक पक्राउ

वानचाइ जिल्ला अपराध टोलीका अधिकारीले घटनाको विस्तृत अनुसन्धान गरिरहेका छन् (एससीएमपी)


नेपालखबर
बैशाख १३, २०८१ बिहिबार १८:१७, हङकङ

कजवे बेस्थित एक होटलमा १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लाइबेरियाका युवक पक्राउ परेका छन्।

३५ वर्षीय आरोपी युवकसँग हङकङको परिचय पत्र रहेको खुलेको छ।

यी वो स्ट्रिटमा रहेको रिगल हङकङ होटलमा बलात्कार भएको घटना बुधबार प्राप्त भएको प्रहरीले जनाएको छ।

यस विषयमा अनुसन्धान गरिरहेका अधिकारीले अभियुक्तलाई हिरासतमा लिएका थिए। सोही क्रममा उनीसँग हङकङको परिचय पत्र रहेको खुलेको हो।

पीडित युवतीका अनुसार उनीहरूबीच एक महिना अगाडि मात्र एक सामाजिक जमघटमा भेट भएको थियो।

उनी आरोपित युवकलाई मंगलबार होटलमा भेट्न राजी भएकी थिइन्। बलात्कारको घटना राति करिब पौने ११ बजेको हो।

साउथ चाइना मर्निङ पोेस्टले जनाएअनुसार वानचाइ जिल्ला अपराध टोलीका अधिकारीले घटनाको विस्तृत अनुसन्धान गरिरहेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .