हङकङमा ‘ज्वेलरी स्टोर’ लुट्न पुगेका पाँच दक्षिण एसियाली पुरुष रंगेहात पक्राउ

हङकङमा ‘ज्वेलरी स्टोर’ लुट्न पुगेका पाँच दक्षिण एसियाली पुरुष रंगेहात पक्राउ

ज्वेलरी स्टोर लुट्न पुगेका पाँच पुरुष रंगेहात पक्राउ परेका छन् (तस्बिरहरू : ह्यान्डआउट)


नेपालखबर
बैशाख २५, २०८१ मंगलबार १४:५, हङकङ

हङकङको चिमसा चोइस्थित एक ज्वेलरी स्टोर लुट्न पुगेका पाँच दक्षिण एसियाली पुरुष रंगेहात पक्राउ परेका छन्।

राति १२ बजेको आसपासमा हाइफोङ रोडमा रहेको भीआईपी वाच एन्ड ज्वेलरी स्टोरमा पाँच जना चक्कु र हथौडा लिएर हिँडेको रिपोर्ट प्रहरीले प्राप्त गरेको थियो।

खबर पाउनेबित्तिकै घटनास्थल पुगेका प्रहरी अधिकारीले अन्दाजी २२ देखि ३५ वर्ष उमेर समूहका पाँच दक्षिण एसियाली पुरुषलाई घटनास्थलबाटै पक्राउ गरेको हो।

लुटेरामध्ये चार जना स्टोरभित्रै समातिएका हुन् भने एक जना बाहिर पक्राउ परेका थिए।

प्रहरी समयमै पुग्न सफल भएकोले स्टोरमा कुनै क्षति नपुगेको बुझिएको छ।

घटनास्थललाई प्रहरीले घेराबन्दी गरेको छ भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ। -एजेन्सी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .