हङकङको जनगणना तथा तथ्यांक विभागले सोमबार सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार फेब्रुअरी–अप्रिलमा बेरोजगारी दर तीन प्रतिशत रहेको छ।
अल्पबेरोजगारी दर पनि अघिल्लो तीन महिनाको तुलनामा १.१ प्रतिशत रहेको छ।
जनवरी–मार्चमा ३६ लाख ८८ हजार चार सय व्यक्ति रोजगार रहेकोमा फेब्रुअरी–अप्रिलमा केही बढेर ३६ लाख ९४ हजार एक सय पुगेको छ।
सोही अवधिमा श्रमशक्ति पनि सात हजार सात सयले बढेर ३८ लाख सात हजार आठ सय पुगेको छ।
जनवरी–मार्चमा एक लाख १३ हजार सात सय रहेको बेरोजगार व्यक्तिको संख्यामा फेब्रुअरी–अप्रिलमा दुई हजारले वृद्धि भएको हो।
सोही अवधिमा अल्पबेरोजगारको संख्या पनि पाँच सयले बढेर ४० हजार पाँच सय पुगेको छ। –एजेन्सी
72
Shares
प्रतिक्रिया