हङकङ : एसियाली घरेलु कामदार युनियनहरूले भने- आप्रवासी कामदार दास होइनन्

हङकङ : एसियाली घरेलु कामदार युनियनहरूले भने- आप्रवासी कामदार दास होइनन्

एफएडीडब्लूयूले घरेलु कामदारसम्बन्धी नयाँ नियमलाई ‘भेदभावपूर्ण’ भनेको छ (एससीएमपी)


नेपालखबर
जेठ १५, २०८१ मंगलबार १८:५७, हङकङ

एसियाली घरेलु कामदार युनियनहरूको संगठनले सरकारले आप्रवासी घरेलु कामदारको रोजगारीविरुद्ध चालेको कदमलाई ‘गम्भीर भेदभाव’ भनी आलोचना गरेको छ।

हङकङ फेडेरेसन अफ एसियन डोमेस्टिक वर्कस् युनियन (एफएडीडब्लूयू) ले सोमबार विज्ञप्ति जारी गरी विरोध जनाएको हो।

एफएडीडब्लूयूमा विभिन्न राष्ट्रियता (थाइ, चाइनिज, इन्डोनेसियाली, फिलिपिन्स र नेपाली) भएका स्थानीय र आप्रवासी घरेलु कामदारहरूको युनियनहरू समावेश छन्।

श्रम विभागले आप्रवासी घरेलु कामदारसँग सम्झौता खारेज गर्ने अधिकार छैन भन्ने सोच्नु भ्रम भएको युनियनले बताएको छ।

‘आप्रवासी घरेलु कामदार दास हुन् र सजिलै प्रतिस्थापन गर्न सकिन्छ भन्ने सोच्दा यसले समाजमा गम्भीर असर पार्नेछ,’ युयियनको विज्ञप्तिमा भनिएको छ।

हालसालै लागू भएको नयाँ व्यवस्थाअनुसार आप्रवासी घरेलु कामदारले रोजगारदाता परिवर्तन गर्न चाहेमा आफ्नो मूलक्षेत्र फर्कनुपर्ने र अध्यागमन विभागमा नयाँ भिसा आवेदन बुझाउनुपर्ने नियमको एसियन युनियनले विरोध गरेको हो।

नयाँ नियमअनुसार केही निश्चित परिस्थितिहरूमा भने यो व्यवस्थामा छुट दिइएको छ। जस्तै, दुर्व्यवहार वा शोषण भएको प्रमाण पेस गरेमा वा रोजगारदाताले बसाइँसराइ, मृत्यु वा आर्थिक जस्ता कारणले गर्दा सम्झौता जारी राख्न असमर्थ भए कामदारले अर्को रोजगारदाताकोमा जान पुनः भिसाको प्रक्रियामा जानु पर्दैन।

यो व्यवस्थाको पनि कसैले दुरुपयोग गरेको भेटिएमा तिनीहरूको रोजगार भिसा आवदेन अस्वीकार हुन सक्ने व्यवस्था छ।

युनियनले यो किसिमको ‘गम्भीर भेदभाव’ले आप्रवासी कामदारको मानवअधिकार खोसिएको बताएको छ।

तथ्यांकअनुसार हङकङमा तीन लाख ३८ हजारभन्दा बढी विदेशी घरेलु कामदार कार्यरत छन्। जसमध्ये अधिकांश फिलिपिन्स र इन्डोनेसियाका रहेका छन्। तिनीहरूकोे रोजगार सम्झौता सामान्यतः दुई वर्षको रहने गर्दछ। (एससीएमपीबाट)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .