हङकङमा नेपालीले पदयात्रा गर्दै सरसफाइ कार्यक्रम सम्पन्न गरेका छन्। नेपाली समुदायबीच ट्रेल रनिङलाई व्यवस्थित ढङ्गले अगाडि बढाउन स्थापित ‘हङकङ नेप्लिज अल्ट्रा ट्रेल रनिङ एसोसिएसन’ले उक्त सरसफाइ कार्यक्रमको अगुवाइ गरेको हो।
गत आइतबार संस्थाका उपाध्यक्ष भेषराज भट्टराईको संयोजकत्वमा मङ्की हिलबाट सुरु गरी म्याकलेहोस चेक पोइन्ट ६-८ सम्म करिब ६ घण्टा पदयात्रा गर्दै सरसफाइ कार्यक्रम गरिएको हो। ३५ जना हाइकर सम्मिलित उक्त कार्यक्रममा फिलिपिन्सका हाइकरहरूको समेत सहभागितामा थियो।
सचिव आङ्बुहाङ थप्छन्, ‘प्रकृति हाम्रो प्राण हो। हामीले यसको हिफाजत गर्नु पर्छ। जलवायु परिवर्तन, ग्लोबल वार्मिङ आजको प्रमुख समस्या हो। हाम्रो समुदायबाट पनि यस्तो किसिमको अभियान र जनचेतना जगाउनु हाम्रो सामाजिक उत्तरदायित्व हो। हामी हरेकले आ-आफ्नो ठाउँबाट केही न केही गर्नु जरुरी छ।’
संस्थाले भविष्यमा स्कुले विद्यार्थी लगायत युवा जमातलाई पनि सहभागी गराउने लक्ष्य राखेको छ। कार्यक्रमलाई मासिक रूपमा सञ्चालन गरी विभिन्न रुटमा सरसफाइ गरिने आङ्बुहाङ नेपालखबरलाई बताए।
Shares
प्रतिक्रिया