हङकङमा गर्मीका कारण कार्यस्थलमै मजदुर बिरामी, अब्जर्भेटरीद्वारा एकै दिन दुई चेतावनी जारी

हङकङमा गर्मीका कारण कार्यस्थलमै मजदुर बिरामी, अब्जर्भेटरीद्वारा एकै दिन दुई चेतावनी जारी

शारीरिक परिश्रम आवश्यक पर्ने कर्मचारीले प्रत्येक घण्टा खुला ठाउँमा छोटो आराम लिन र प्रशस्त पानी पिउन सुझाव दिइएको छ (फाइल तस्बिर : एससीएमपी)


नेपालखबर
असार ७, २०८१ शुक्रबार १६:५६, हङकङ

हङकङको चाइकक चोइमा शुक्रबार दिउँसो अत्यधिक गर्मीका कारण एक निर्माण मजदुर बिरामी परेका छन्।

स्थानीय सञ्चारमाध्यमहरूमा उल्लेख भएअनुसार ‘हिट स्ट्रोक’का कारण बिरामी भएका मजदुर स्काफफोल्डिङ (निर्माणाधीन भवन आदिमा प्रयोग हुने अस्थायी संरचना, मचान) मै फसेका थिए।

दिउँसो साढे १२ बजे चाइकक चोइस्थित होइफु कोर्टमा रहेको होइयु हाउसमा उक्त घटना घटेको हो।

अत्यधिक गर्मीका कारण मचानमा अलपत्र परेका कामदारलाई अन्य सहकर्मीले देखेर प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले उनको उद्धार गरी क्वोङ वाह अस्पताल पठाएको थियो।

गर्मी निकै बढेका कारण अब्जर्भेटरीले आज बिहान पौने ७ बजे ‘भेरी हट वेदर वार्निङ’ र दिउँसो पौने ३ बजे ‘एम्बर हिट स्ट्रेस एट वर्क वार्निङ’ जारी गरेको छ।

आज हङकङका अधिकांश भागका तापक्रम दिउँसो ३३ डिग्री सेल्सियससम्म पुगेको अब्जर्भेटरीको सूचनामा उल्लेख छ।

त्यस्तै, चाकु लिङ, ताउफाउ सान, ताइपो तथा वोङचाइ सिन लगायतका क्षेत्रको तापक्रम ३४ डिग्री सेल्सियससम्म पुगेको छ।

अत्यधिक गर्मी बढेसँगै श्रम विभागले रोजगारदाता तथा कामदारलाई गर्मीबाट बच्न उपयुक्त उपाय अवलम्बन गर्न भनेको छ। जस्तै, कामको अवधिबारे पुनर्विचार गर्ने, प्रत्येक घण्टा विश्राम लिने तथा बारम्बार पिउने आदि।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .