हङकङको न्यु याउमा तेइस्थित सार्वजनिक कार्गो कार्यक्षेत्रमा पानीको पाइप खस्दा एक कामदारको मृत्यु भएको छ।
सोमबार दिउँसो २ बजेतिर कार्यस्थलमा सामान ओसारपसार गर्ने क्रममा ६ मिटर लामो पानीको पाइपले टाउकोमा लाग्दा मजदुरको मृत्यु भएको द स्ट्यान्डर्डले जनाएको छ।
स्रोतलाई उद्धृत गर्दै समाचारमा उल्लेख भएअनुसार सामान ओसार्ने क्रममा पानीको पाइप माथिबाट खसेको थियो।
टाउकोमा पाइपले लागेपछि बेहोस भएका ५५ वर्षीय कामदारलाई क्वाङ वाह अस्पताल लगिएको थियो।
अस्पतालमा उनलाई अटोमेटिक चेस्ट कम्प्रेसन मेसिनमा राखिएको थियो, पछि मृत घोषित गरियो।
घटनाबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ।
4.8k
Shares
प्रतिक्रिया