यतिखेर हङकङमा निकै गर्मी छ। यो तातोपन अर्को हप्तासम्म लम्बिन सक्ने मौसमविद्ले अनुमान गरेका छन्।
यस हप्ता न्यु टेरिटोरिजका केही क्षेत्रको तापक्रम ३५ डिग्री सेल्सियसभन्दा बढी पुग्ने उनीहरूको अनुमान छ।
यो हप्ता मात्रै होइन, तातो मौसम अर्को हप्ताको सुरुआतसम्म पुग्न सक्ने अब्जर्भेटरीले जनाएको छ।
आज बिहान ६:४५ मा प्रकाशित अब्जर्भेटरीको ‘विशेष मौसम टिप्स’मा ‘लामो समय गर्मी चेतावनी (प्रोलङ्ड हिट अलर्ट)’ जारी गरिएको छ।
मौसमविद्ले आज दिउँसोको तापक्रम ३४ डिग्रीभन्दा माथि पुग्ने अनुमान गरेका थिए। यो समाचार तयार पार्दा (दिउँसो १२:४० बजे) सम्म अब्जर्भेटरीको मापन ३२.३ डिग्री सेल्सियस छ।
मौसम निकै तातो हुँदै गएपछि अब्जर्भेटरीले बासिन्दाहरूलाई प्रशस्त पानी पिउन आग्रह गरेको छ।
त्यस्तै, घर बाहिर काम गर्नुपर्नेहरूले घामको किरणबाट जोगिन सनस्क्रिन लगाउने, सकेसम्म हल्का लुगा लगाउने जस्ता उपाय अपनाउन भनेको छ।
वाकवाकी महसुस हुने, टाउको दुख्ने, चक्कर लाग्ने वा सास फेर्न गाह्रो हुने जस्तो समस्या भएमा आराम गर्न तथा तुरुन्त चिकित्सकको सहयोग लिन अब्जर्भेटरीले आग्रह गरेको छ।
बिहान ६:४५ मा जारी अब्जर्भेटरीको टिप्समा उल्लेख छ, ‘ कृपया पर्याप्त पानी पिउनुहोस्। अस्वस्थ महसुस भएमा आराम लिनुहोस् वा तुरुन्तै मद्दत खोज्नुहोस्। यदि आवश्यक छ भने, सकेसम्म चाँडो चिकित्सकीय सल्लाह लिनुहोस्।
Shares
प्रतिक्रिया