हाइड्रोजनबाट चल्ने हलुका रेल बिहीबार हङकङ आइपुगेको छ। हङकङ प्रवेश गर्ने यो पहिलो हाइड्रोजन-सञ्चालित रेल हो।
एमटीआर कर्पोरेसनले शुक्रबार जानकारी गराएअनुसार अघिल्लो दिन आइपुगेको उक्त रेल परीक्षणको पर्खाइमा एमटीआर कर्पको चुनमुन डिपोमा राखिएको छ।
‘बिहीबार आइपुगेको रेललाई एमटीआर कर्पको चुनमुन डिपोमा लगिएको छ,’ कम्पनीका प्रवक्तालाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टमा उल्लेख छ, ‘सम्बन्धित सरकारी विभागबाट स्वीकृत प्राप्त गरेपछि अनुसन्धान र तथ्यांक संकलनको काम हुनेछ।’
सबै तयारी पूरा भएपछि यो वर्षको अन्त्यमा आधिकारिक परीक्षण सञ्चालन सुरु गर्न सकिने अपेक्षा रहेको एमटीआर कर्पोरेसनले जनाएको छ।
कम्पनीका अनुसार रेललाई चुनमुनको किनअन लाइट रेल स्टप नजिकै विशेष रूपमा निर्मित प्लेटफर्ममा परीक्षण गरिनेछ।
यद्यपि, हङकङले सन् २०५० सम्ममा शून्य कार्बन उत्सर्जनको लक्ष्य राखेको छ।
Shares
प्रतिक्रिया