हङकङमा बढ्यो रेलभाडा, कति पुग्यो?

हङकङमा बढ्यो रेलभाडा, कति पुग्यो?

एमटीआरको भाडा ३.०९ प्रतिशतले वृद्धि भएको छ (द स्ट्यान्डर्ड)


नेपालखबर
असार १६, २०८१ आइतबार १३:३२, हङकङ

हङकङमा आइतबारदेखि मास ट्रान्जिट रेल (एमटीआर)को भाडा वृद्धि भएको छ।

यो भाडा आइतबारदेखि लागू हुनेगरी ३.०९ प्रतिशतले वृद्धि भएको हो। जसअनुसार अब हङकङका ८० प्रतिशत रेलयात्राको भाडा कम्तीमा ४० हङकङ सेन्ट बढ्नेछ।

जस्तै, चुनवानबाट सेन्ट्रलसम्मको हालको हङकङ डलर १५.३० भाडामा ४० सेन्ट थप भएर १५.७० हङकङ डलर पुग्नेछ।

त्यस्तै, सेङसुइदेखि एडमिरल्टीसम्मको भाडा २१.५० हङकङ डलरमा ६० सेन्ट बढेर २२.१० हङकङ डलर पुग्नेछ।

यो सँगसँगै कम्पनीले अर्को अफर पनि ल्याएको छ। जसअन्तर्गत १ देखि २८ जुलाईसम्म कम्पनीको रेल सञ्जालमा १० वटा यात्रा गर्ने यात्रुले एक पटक निःशुल्क यात्रा गर्न पाउनेछन्।

रलवे अपरेटरलाई उद्धृत गर्दै द स्ट्यान्डर्डले जनाएअनुसार यो अफरअन्तर्गत एमटीआर मोबाइल एपमा आफ्नो अक्टोपस कार्ड लिंक गरेका वयस्क यात्रु मात्र लाभान्वित हुनेछन्।

साथै, ‘एयरपोर्ट एक्सप्रेस’ र ‘लाइट रेल’मा यो आफर लागू हुनेछैन।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .