हङकङमा अपहरण प्रकरण : बालकलाई सुटकेसभित्र राखेर लगिएको थियो

पक्राउ परेका दुवै जना चिनियाँ महिला
हङकङमा अपहरण प्रकरण : बालकलाई सुटकेसभित्र राखेर लगिएको थियो

सन्दिग्धमध्ये एक जनालाई बिहीबार दिउँसो अस्पताल लगिएको छ


नेपालखबर
असार २०, २०८१ बिहिबार १९:१, हङकङ

हङकङ बुधबार अपरान्ह ३ वर्षीय बालकको अपहरण भयो। चेङ क्वान ओबाट अपहरण गरिएको बालकको परिवारसँग अपहरणकारीले साढे ५१ लाख हङकङ डलर फिरौती माग गरे।

आमासहित परिवारका सदस्यसँगै रहेका बालकलाई जबरजस्ती उठाएर लगेका अपहरणकारीले ‘बच्चा सुरक्षित होस् भन्ने चाहने भए प्रहरीलाई खबर नगर्नू’ भनी चेतावनीयुक्त सन्देश छाडेका थिए।

यद्यपि, प्रहरी १२ घण्टापछि बिहीबार बिहान बालकको उद्धार गरिसकेको छ भने घटनामा संलग्न दुई आरोपितलाई पनि पक्राउ गरिसकेको छ।

बालकलाई अपहरण गरेर लैजाने क्रममा अपहरणकारीले सुटकेसभित्र राखेर लगेको प्रहरीले बताएको छ।

बिहीबार बेलुका घटनाबारे विस्तृत जानकारी दिने क्रममा प्रहरीले उक्त कुरा बताएको हो।

अपहरणमा संलग्न भएको आरोपमा प्रहरीले ३८ वर्षका दुई चिनियाँ महिलालाई पक्राउ गरिसकेको छ। उनीहरूमध्ये एक जनासँग हङकङको परिचयपत्र भएको र अर्कीसँग दुईतर्र्फ यात्रा अनुमतिपत्र रहेको खुलेको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले आर्थिक अभावका कारण अपहरण गरेको हुनसक्ने प्रहरीले बताएको छ।

अहिलेसम्मको अध्ययनले उनीहरू बाहेक घटनामा अरूको संलग्नता नदेखिएको, यद्यपि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले यो घटना ‘पूर्वनियोजित’ भएको ठहर गरेको छ। किनभने उनीहरूले अपहरणपश्चात् बच्चालाई लैजानका लागि ‘स्ट्रोलर’ र ‘सुटकेस’ तयार पारेर राखेका थिए। साथै, पहिचान लुकाउने उद्देश्यले आफ्नो फेर्ने कपडा पनि ल्याएका थिए।

घटनाबारे प्रहरीको वर्णनअनुसार, बुधबार साँझ साढे ४ बजेतिर चेङ क्वान ओस्थित टीकेओ प्लाजामा आफ्नी दिदीसँग खेलिरहेका बालकलाई एक जनाले जबरजस्ती उठाइन् र पार्कमा पुर्‍याएर स्ट्रलरमा राखे।

घटनाबारे जानकारी गराउँदै अधिकारीहरू

त्यसपछि उनीहरूलाई कुरेर त्यहाँ बसेकी अर्की महिलाले बालकलाई सुटकेसमा राखिन् र उनीहरू घरतर्फ लागे।

प्रहरीका अनुसार उनीहरूले बालकलाई
चेङ क्वान ओमै रहेको द विङ्स नामक आवासीय भवनको एक फ्ल्याटमा लगेका थिएँ, जुन उनीहरूले भाडामा लिएका थिए।

बालक अपहरणमा परेलगत्तै सूचना पाएको प्रहरीले सीसीटीभी फुटेजको माध्यमबाट उनीहरूलाई पछ्याउन सुरु गरेको थियो।

शंकास्पद व्यक्ति(हरू) र बालकलाई लगिएको फ्ल्याटको पहिचान गरिसकेपछि अधिकारीहरूले परिसरमा छापा मारेर बालकको उद्धार गरेका थिए।

आरोपितहरूलाई पनि प्रहरीले त्यहीँ पक्राउ गर्न सफल भयो। उनीहरूसँगै प्रहरीले बालकलाई फ्ल्याटसम्म लैजान प्रयोग गरिएको सुटकेस, सन्दिग्धहरूले लगाएको कपडा लगायतका सामान पनि बरामद गरेको छ।

उद्धारपछि बालकलाई स्वास्थ्य परीक्षणका लागि चेङक्वान ओ अस्पताल लगिएको थियो। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .