शुक्रबार बिहान हङकङको सातिनस्थित एक आवासीय भवनमा आगलागी भएको छ।
बिहान करिब १० बजेको आसपासमा सातिनस्थित मेइतिङ हाउसको तल्लो तलामा रहेको एक युनिटबाट धुवाँ निस्किएको थियो।
खबर पाउनासाथ दमकलसहित घटनास्थल पुगेको प्रहरीले आगो निभाएको थियो।
यस क्रममा प्रहरीले भवनभित्र रहेका ९७ जना किन्डरगार्टनका विद्यार्थीसहित १९० जनालाई बाहिर निकालेको थियो।
प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार युनिटमा रहेको शौचालयमा सर्ट सर्किट भएर आगलागी भएको आशंका गरिएको छ।
यद्यपि, आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। (एजेन्सी)
987
Shares
प्रतिक्रिया