सबै क्षेत्रलाई समेटेर गठन भो तमू ट्यो ह्यूल हङकङको नयाँ नेतृत्व

सबै क्षेत्रलाई समेटेर गठन भो तमू ट्यो ह्यूल हङकङको नयाँ नेतृत्व

नवनिर्वाचित अध्यक्ष गुरुङ


नेपालखबर
साउन ८, २०८१ मंगलबार ११:३३, हङकङ

हङकङको पुरानो जातीय संस्था तमू ट्यो ह्यूल हङकङको अध्यक्षमा स्याङ्जाका ईश्वर गुरुङ सर्वसम्मत निर्वाचित भएका छन्। उपाध्यक्ष पदबाट अध्यक्षमा पुग्ने उनी पहिलो व्यक्ति हुन्।

स्याङ्जालीहरूको संस्था स्याङ्जा जनसेवा समितिका अध्यक्ष समेत रहेका ईश्वर त्यो जिल्लाबाट ह्यूलमा  निर्वाचित हुने पहिलो अध्यक्ष पनि हुन्। जनसेवा समितिमा लगातार तीन कार्यकाल कार्य सम्पादन गरेका ईश्वरले संस्थालाई राम्ररी सञ्चालन गर्न सक्ने व्यक्तिको रूपमा आफ्नो परिचय बनाएका छन्।

उनैको नेतृत्वमा स्याङ्जाको पुतलीबजारमा करिब एक करोड खर्च गरेर हङकङ पार्क निर्माण गरिएको छ। समितिले स्याङ्जाकै फेदीखोलामा रहेको ४० जना अनाथ बालबच्चाका निम्ति सञ्चालित बालगृहको भवन निर्माणमा पनि सहयोग गरेको थियो। हङकङमा जनसेवा समितिलाई आर्थिक र सांगठनिक रूपले बलियो संस्थाको रूपमा हेरिन्छ।

ह्यूल पनि आर्थिक रूपले बलियो संस्थाको रूपमा मानिन्छ। त्यसैले यसको नेतृत्वमा विश्वासिलो व्यक्ति चयन गर्ने गरिन्छ। ईश्वरले दश लाख हङकङ डलरको मोटो कोष पुरानो कार्यसमितिबाट प्राप्त गरेका छन्।

हङकङमा गुरुङहरूका विभिन्न संस्था छन्। त्यसमाथि ह्यूलबाट उछिट्टिएर गएका कोमल गुरुङको नेतृत्वमा तमु समाज नामक संस्था थपिएको छ। यी संस्थाबीच एक खालको प्रतिस्पर्धा चल्दै आएको छ।

नवनिर्वाचित कार्यसमिति

ह्यूल अधिवेशनलाई प्रभावित पार्न तमु समाजले त बिबिक्यू कार्यक्रम नै आयोजना गरेको थियो। तर, त्यसले ह्यूलको कार्यक्रमलाई केही असर पारेन। नेपाली वाणिज्यदूत सतिस गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा गुरुङहरूको राम्रो उपस्थिति थियो।

ह्यूलमा यसपालि नयाँ काम पनि भएको छ। यसपालिको ११औँ अधिवेशनले यसअघि राम्ररी सम्बोधन गर्न नसकेका सबै क्षेत्रका गुरुङहरूलाई एउटै मन्चमा ल्याउने काम गरेको छ।

ह्यूललाई पश्चिमा गुरुङहरूको संस्थाको रूपमा प्रचार गरिएकोमा यसपालि उपाध्यक्ष नै संखुवासभाका रमण गुरुङलाई बनाइएको छ। महिला र युवा प्रतिनिधि पनि यथेस्ट समेटिएका छन्‌।

निर्वाचित अन्य पदाधिकारीमा अर्को उपाध्यक्षमा कविता गुरुङ (कास्की), सचिव तिलक गुरुङ (पर्वत), सहसचिव राजापती गुरुङ (कास्की), कोषाध्यक्ष मिलन गुरुङ (घान्द्रुक, कास्की), सहकोषाध्यक्ष जमुना गुरुङ (पर्वत) रहेका छन्।

त्यस्तै, सदस्यहरूमा कन्या गुरुङ (कास्की), सन्तोष गुरुङ (कास्की), चन्दा गुरुङ ( संखुवासभा), क्षेत्रबहादुर गुरुङ (कास्की), भरतबहादुर गुरुङ (स्याङ्जा), टिकाजित गुरुङ (कास्की), कुमार गुरुङ (लमजुङ), लक्ष्मी गुरुङ (स्याङ्जा) र सुर्य गुरुङ (कास्की) रहेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .