हङकङको एक निर्माणस्थलमा स्काभेटरको ठक्करबाट डम्प ट्रक चालकको मृत्यु भएको छ।
बिहीबार बिहान करिब ९ बजे क्वाइचुङको लाइकङ स्ट्रिटमा रहेको निर्माणस्थलमा उक्त दुर्घटना भएको हो।
स्रोतलाई उद्धृत गर्दै द स्ट्यान्डर्डले जनाएअनुसार चालक आफ्नो ट्रकको पछाडि उभिइरहेका बेला स्काभेटरले ठक्कर दिएको थियो।
स्काभेटर र डम्प ट्रकको बीचमा टाउको ठोकिएपछि उनी बेहोस भएर ढलेका थिए।
उनलाई घटनास्थलमै मृत घोषित गरिएको थियो। दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
222
Shares
प्रतिक्रिया