स्पेनलाई हराउँदै हङकङ टेबल टेनिसको सेमिफाइनलमा

स्पेनलाई हराउँदै हङकङ टेबल टेनिसको सेमिफाइनलमा

डु होइ र वोङ चुन (दुवै तस्बिर : द स्ट्यान्डर्ड)


नेपालखबर
साउन १४, २०८१ सोमबार १०:२८, हङकङ

पेरिस ओलम्पिकको मिक्स डबल्स खेलमा स्पेनलाई हराउँदै हङकङ सेमिफाइनलमा प्रवेश गरेको छ।

हङकङका टेबल टेनिस जोडी डु होइ र वोङ चुनले स्पेनी जोडीलाई पराजित गरेका हुन्।

५० मिनेटसम्म चलेको क्वाटर फाइनलमा हङकङका जोडीले स्पेनी जोडी मारिया जिओ र रोबल्स अल्भारोलाई ४-२ (९-११, ११-९, ११-४, १०-१२, ११-२, ११-८) ले हराए।

खेलको अन्तिममा ०-४ ले पछि परेको हङकङ दबाबलाई उत्प्रेरणामा परिणत गर्दै ११-८ ले जितेर सेमिफाइनलमा प्रवेश गरेको हो।

डु र वोङले सोमबार राति किम कुम योङ र रि जोङ सिकको सामना गर्नेछन्। (द स्ट्यान्डर्ड)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .