हङकङमा बिहीबार पूर्वी रेल लाइनमा ढिलाइ, यस्तो छ कारण

हङकङमा बिहीबार पूर्वी रेल लाइनमा ढिलाइ, यस्तो छ कारण

रेलको उपकरणमा त्रुटि हुँदा फोतान स्टेसनमा ढिलाइ भएको थियो (फाइल तस्बिर)


नेपालखबर
साउन १७, २०८१ बिहिबार १६:४३, हङकङ

हङकङमा आज ‍(बिहीबार) एमटीआरको पूर्वी रेल लाइनको फोतान स्टेसनमा यात्रुले ढिलाइको सामना गर्नु परेको थियो।

कम्पनीले दिउँसो साढे दुई बजे एडमिरल्टी स्टेसन र लोवु तथा लोकमा चाउ स्टेसनबीचको यात्रा समय १० देखि १५ मिनेसम्म लम्बिने घोषणा गरेको थियो।

फेरि, दिउँसो करिब सवा ३ बजे एमटीआरले अर्को सूचना जारी गर्दै फोतान स्टेसनमा समस्या उत्पन्न गर्ने रेललाई लाइनबाट हटाएको र सेवा सुचारु भएको घोषणा गर्‍यो।

रेलको उपकरणमा त्रुटिका कारण यस्तो समस्या उत्पन्न भएको थियो।

रेलहरू एडमिरल्टी-लोवु स्टेसनबीच ८ मिनेट र एडमिरल्टी-लोकमा चाउ स्टेसनबीच २० मिनेटको अन्तरालमा सञ्चालन हुने गर्दछन्।

घटनाका कारण यात्रु वर्गमा पर्न गएको असुविधाप्रति कम्पनीले माफी मागेको छ। (द स्ट्यान्डर्ड)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .