हङकङ : अक्टोबर २६ मा एमटीआरको तुङचुङ लाइनमा दुई घण्टा रेल नचल्ने

हङकङ : अक्टोबर २६ मा एमटीआरको तुङचुङ लाइनमा दुई घण्टा रेल नचल्ने

अक्टोबर २६ मा तुङचुङ लाइनको रेलसेवा दुई घण्टा अगावै समाप्त हुनेछ (द स्ट्यान्डर्ड)


नेपालखबर
साउन २१, २०८१ सोमबार १२:२८, हङकङ

तुङचुङ लाइनको एक खण्डमा सेवा विस्तारको लागि निर्माण कार्य गर्नुपर्ने भएकोले अक्टोबर २६ मा यस लाइनको रेलसेवा दुई घण्टा अगावै समाप्त हुने एमटीआर कर्पोरेसनले जनाएको छ।

कर्पोरेसनले सोमबार सूचना जारी गर्दै तुङचुङ र सनी बेबीच चल्ने रेल सेवा उक्त दिन दुई घण्टा अगावै समाप्त हुने जनाएको हो।

जसअन्तर्गत, तुङचुङ स्टेसनबाट हङकङ स्टेसनका लागि अन्तिम ट्रेन राति ११:०१ बजे प्रस्थान गर्नेछ भने हङकङ स्टेसनबाट तुङचुङ स्टेसनको लागि राति ११:०७ मा छुट्नेछ।

रेल अपरेटरका अनुसार दुई प्रभावित स्टेसनबाट यात्रुहरू लैजानका लागि निःशुल्क सटल बस सेवाको व्यवस्था गरिनेछ।

यस सम्बन्धी विस्तृत विवरण आज (सोमबार) दिउँसो पत्रकार सम्मेलनमा सार्वजनिक गरिने कर्पोरेसनले जनाएको छ।

रेल अपरेटरलाई उद्धृत गर्दै द स्ट्यान्डर्डले जनाएअनुसार विस्तार परियोजनाले दुईवटा स्टेसन थप्नेछ। जसमा, हाल कायम सनी बे र तुङचुङ स्टेसनको बीचमा तुङचुङ पूर्व थपिनेछ। त्यस्तै, नयाँ टर्मिनल लाइनको रूपमा तुङचुङ पश्चिम थप हुनेछ।

यसैगरी, तुङचुङ पूर्वमा सञ्चालन ट्र्याकहरूको १.२ किमी खण्डको डाइभर्सन समावेश हुनेछ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .