हङकङ अब्जर्भेटरीले बिहीबार बिहान जारी गरेको एम्बर वर्षाको चेतावनी रद्द गरेको छ।
बिहान ११ः४० मा जारी गरिएको चेतावनी त्यसको एक घण्टापछि मध्यान्ह १२ः४० मा रद्द गरिएको हो।
बितेका घण्टामा सहरका धेरै क्षेत्रमा ३० एमएम बढी वर्षा रेकर्ड भएको अब्जर्भेटरीले जनाएको छ। वर्षा कम भएसँगै चेतावनी संकेत रद्द गरिएको हो।
भोलि (शुक्रबार) पनि भारी वर्षाको सम्भावना रहेको अब्जर्भेटरीले जनाएको छ।
39
Shares
प्रतिक्रिया