हङकङलाई बेइजिङले उपहार दिएको पान्डाबाट जन्मिए जुम्ल्याहा बच्चा

हङकङलाई बेइजिङले उपहार दिएको पान्डाबाट जन्मिए जुम्ल्याहा बच्चा

बिहीबार बिहान जन्मिएका जुम्ल्याहा (ओसन पार्क)


नेपालखबर
साउन ३२, २०८१ शुक्रबार १२:५४, हङकङ

सन् २००७ मा बेइजिङले हङकङलाई उपहार दिएका दुई ठूला पान्डा यिङयिङ र लेलेको जोडीले जुम्ल्याहा बच्चालाई जन्म दिएका छन्।

करिब पाँच महिनाको गर्भधारणपछि बिहीबार ओसन पार्कमा यिङयिङले जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन्। शुक्रबार उनको १९औँ जन्मदिन हो।

झन्डै पाँच घण्टाको प्रसवपश्चात् बिहान २:०५ मा एक र ३:२७ मा अर्को बच्चा सुरक्षित रूपमा जन्मिएका थिए।

गत महिना ओसन पार्कमा यिङयिङ (एससीएमपी)

जुम्ल्याहामध्ये पहिले जन्मिएको पोथी पान्डाको तौल १२२ ग्राम र भाले पान्डाको तौल ११२ ग्राम रहेको छ।

दुईमध्ये पहिले जन्मिएको पोथी पान्डाको शरीरको तापक्रम कम हुनुका साथै खानामा रुचि पनि कम देखाएको पार्क व्यवस्थापनले जानकारी दिएको छ।

ओसन पार्कको पशु हेरचाह तथा भेटेरीनरी टोलीका साथै चाइना कन्जर्भेसन एन्ड रिसर्च सेन्टरका विशेषज्ञहरूको निगरानीमा दुवै बच्चालाई सघन हेरचाहमा राखिएको छ।

यसअघि पनि सन् २०२० मा यिङयिङ गर्भवती भएकी थिइन्। तर, यतिबेला उनको गर्भ खेर गएको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .