हङकङका ४ युवा थाइल्यान्डमा लागु औषधसहित पक्राउ

हङकङका ४ युवा थाइल्यान्डमा लागु औषधसहित पक्राउ

१४ किलो हेरोइनसहित हङकङका ४ युवा थाइल्यान्डमा पक्राउ परेका छन् (ह्यान्डआउट)


नेपालखबर
भदौ ३, २०८१ सोमबार १३:१४, हङकङ

थाइल्यान्डको बैंककस्थित सुवर्णभूमि विमानस्थलमा १४ किलो हेराइनसहित हङकङका चार युवा पक्राउ परेका छन्।

थाइल्यान्ड प्रहरीले सार्वजनिक गरेका तस्बिरमा युवाहरूलाई ४० बक्स हेराइनका साथ देख्न सकिन्छ। साथै, प्रहरीले उनीहरूको राहदानी र केही थान मोबाइल लगायतका सामान पनि नियन्त्रणमा लिएको छ।

पक्राउपछि दिइएको विवरणअनुसार अधिकारीहरूले ११ अगस्टदेखि सन्दिग्धहरूलाई निगरानी गरिरहेका थिए। जब उनीहरू थाइल्यान्ड आए हुवाइ ख्वाङ र रामखामहेङ क्षेत्रका होटलमा बसे।

१४ अगस्ट साँझ अधिकारीहरूले औषधि खरिदमा समन्वय गरेको बताउने एक जनालाई होटलनजिकै सुटकेससहित नियन्त्रणमा लिए।

२५ अगस्ट साँझ करिब ७ बजेतिर हङकङ यी चार जना युवा सुवर्णभूमि विमानस्थल आएपछि भने अधिकारीहरूले पक्राउ गरेका थिए।

दक्षिणपूर्वी एसियाका कतिपय देशले लागु औषध ओसारपसारका दोषीलाई मृत्युदण्डसम्मको सजाय दिने गरेका छन्। (द स्ट्यान्डर्ड)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .