थाइल्यान्डमा विमान दुर्घटना : हङकङबाट गएका ५ सहित ९ जनाको मृत्यु (तस्बिरहरू)

थाइल्यान्डमा विमान दुर्घटना : हङकङबाट गएका ५ सहित ९ जनाको मृत्यु (तस्बिरहरू)

दुर्घटनाग्रस्त विमान चाचोएङ्सो प्रान्तको मङ्ग्रोभ दलदलमा फेला परेको थियो (सबै तस्बिर : एजेन्सी)


नेपालखबर
भदौ ७, २०८१ शुक्रबार १०:५६, हङकङ

थाइल्यान्डको आन्तरिक उडानमा रहेको यात्रुवाहक विमान बिहीबार दिउँसो दुर्घटनामा परेको छ। राजधानी बैंककमा रहेको सुवर्णभूमि विमानस्थलबाट उडेको केही समयमै विमान दुर्घटनामा परेको हो।

थाई फ्लाइङ सर्भिस कम्पनीद्वारा सञ्चालित सेस्ना काराभान सी२०८बी एयरक्राफ्ट फ्लाइट टीफटी २०९ विमानको दिउँसो २:४६ मा उडेको ११ मिनेटपछि एयर ट्राफिक कन्ट्रोल र राडारसँग सम्पर्क टुटेको थियो।

विमान चाचोएङ्सो प्रान्तमा दुर्घटनामा परेको हो। जसमा सवार सबै (९ जना) यात्रुको निधन भएको छ।

थाई सरकारका प्रवक्तालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार ९ मध्ये ५ जना हङकङबाट गएका चिनियाँ पर्यटक हुन्।

थाई मिडियाका अनुसार चिनियाँ राहदानी बाहक उनीहरूमध्ये सांघाईमा जन्मेका १२ र १३ वर्षका दुई बालबालिका र सांघाई तथा झेजियाङ प्रान्तमा जन्मेका ४२ देखि ४५ वर्षका तीन वयस्क छन्।

विमानमा सवार बाँकी ४ जना थाई नागरिक हुन्। उनीहरू चालक दलका सदस्य हुन्। जसमध्ये दुई महिला क्रु मेम्बर, पाइलाट र को–पाइलट छन्।

दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन। विमानस्थलबाट अनुमानित ३५ किलोमिटर (२२ माइल) दक्षिणपूर्वमा हुँदा विमानसँग सम्पर्क टुटेको थियो। विमानले बैंककबाट करिब २७५ किलोमिटर दक्षिणपूर्वमा रहेको तटीय प्रान्त त्राटका लागि उडान भरेको थियो।

उद्धारकर्ताको करिब एक घण्टाको खोजीपछि दुर्घटनाग्रस्त विमान विमानस्थलबाट ४० किलोमिटर पर चाचोएङ्सो प्रान्तको मङ्ग्रोभ दलदलमा फेला परेको थियो।

प्रान्तीय सरकारका प्रवक्तालाई उद्धृत गर्दै थाई मिडियाले जनाएअनुसार अप्ठेरो ठाउँमा दुर्घटनामा परेको विमानका यात्रुहरूको शव क्षतविक्षत अवस्थामा थिए भने जंगलको बीचमा विमानका टुक्राहरू यत्रतत्र छरिएका थिए।

हङकङको अध्यागमन विभागका प्रवक्ताले बेइजिङको विदेश मामिला कार्यालय र थाइल्यान्डमा रहेको चिनियाँ दूतावासमार्फत स्थिति बुझ्ने प्रयास भइरहेको शुक्रबार बिहान बताएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

दुर्घटनास्थलका केही तस्बिर:

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .