हङकङकी व्यवसायी नाम्लिङ लिम्बुको अन्त्येष्टि

हङकङकी व्यवसायी नाम्लिङ लिम्बुको अन्त्येष्टि

सन्तोष तामाङ
भदौ ९, २०८१ आइतबार १७:३१, हङकङ

समाजसेवी तथा व्यवसायी नाम्लिङ ओख्राबु लिम्बुको अन्तिम संस्कार गरिएको छ। आइतबार अपराह्न केप कोलिन्सन चाइवानमा लिम्बु संस्कार अनुसार अन्तिम संस्कार गरिएको हो।

नाम्लिङको दाहसंस्कार दस लिम्बुवान सत्र थुमको मौलिक संस्कार अनुसार सम्पन्न भएको थियो। अन्त्येष्टिमा ठूलो संख्यामा लिम्बु तथा नेपाली समुदायको उपस्थिति थियो।

अन्त्येष्टिपूर्व नाम्लिङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि हुङहम फ्युनरल हलमा राखिएको थियो। श्रद्धाञ्जली सभालाई किरात याक्थुङ चुम्लुङ हङकङका प्रतिनिधिले सम्बोधन गरेका थिए।

साथै, ताप्लेजुङ समाज हङकङ, पाँचथर मञ्च हङकङ, तेह्रथुम मञ्च हङकङ, लिम्बु समुदायका अग्रज व्यक्तित्व, बुद्धिजीवी, याक्थुङ चुम्लुङका कलाकारहरू तथा शुभेच्छुक लगायतका दर्जनौँ जातीय संघसंस्था र सर्वसाधारणले हुङहम फ्युनरल हलमा पुगेर पुष्पगुच्छासहित श्रद्धाञ्जली अर्पण गरेका थिए।

नेपालमा ताप्लेजुङको मेरिङदेन गाउँपालिका-१, थातथलो भई वैदेशिक रोजगारीको सिलसिलामा सन् १९९५ मा  हङकङ आएकी नाम्लिङ नेपाली समुदायको बाक्लो बसोबास रहेको जोर्डनमा व्यवसाय सञ्चालन गर्दै आएकी थिइन्।

सामाजिक व्यक्तित्वको छवि समेत बनाएकी उनी विभिन्न संघसंस्थामा आबद्ध थिइन्। उनलाई हङकङमा नेपाली खानाको प्रवर्द्धन गर्ने व्यवसायीको रूपमा चिनिन्छ।

नेपाली समुदायलाई आत्मनिर्भर बनाउनुपर्छ भनेर सबैलाई प्रोत्साहित गर्ने लिम्बु आफ्नो भाषा, संस्कृति र भेषभूषाको संरक्षणमा सधैँ लागि परिरहिन्।

स्ट्रोक भएपछि अस्पताल भर्ना भएकी नाम्लिङको ३१ जुलाईमा उपचारको क्रममा याउमा तेइस्थित कुङ्वा अस्पतालमा निधन भएको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .