ब्लकचेन प्रविधिमा लम्किँदै हङकङ : मौद्रिक प्राधिकरणले ल्यायो ‘प्रोजेक्ट एन्सेम्बल स्यान्डबक्स’

ब्लकचेन प्रविधिमा लम्किँदै हङकङ : मौद्रिक प्राधिकरणले ल्यायो ‘प्रोजेक्ट एन्सेम्बल स्यान्डबक्स’

एचकेएमएका प्रमुख कार्यकारी अधिकृत एडी यूई (आरटीएचके)


नेपालखबर
भदौ १३, २०८१ बिहिबार १६:४३, काठमाडौँ

हङकङ मौद्रिक प्राधिकरण (एचकेएमए)ले वित्तीय संस्थाहरुलाई परीक्षणका रुपमा आफ्नो ‘होलसेल सेन्ट्रल बैंक डिजिटल करेन्सी’को सीमित प्रयोग गर्नसक्ने सुविधा (इन्सेन्टिभ) ल्याएको छ। 

उक्त डिजिटल मुद्रा गत मार्चमा सर्वप्रथम वित्तीय संस्थालाई अन्तरबैंक भुक्तानी र व्यापारलाई द्रुत र सहज बनाउने उद्देश्यले ल्याइएको थियो। 

‘प्रोजेक्ट एन्सेम्बल स्यान्डबक्स’ नाम दिइएको यो इन्सेन्टिभले वित्तीय संस्थाहरुलाई एक भर्चुअल वातावरण उपलब्ध गराउँछ जहाँ विविध अवस्थामा वास्तविक विश्वबजारमा जोखिम सिर्जना नहुने गरी डिजिटल मुद्रा प्रयोग गर्न सकिने अवस्थाको खोजी हुने बताइएको छ। 

इन्सेन्टिभ लन्च गर्दै एचकेएमएका प्रमुख कार्यकारी अधिकृत एडी यूईले वित्तीय संस्थाहरुले यसको परीक्षणमा ठूलो रुचि देखाएको भन्दै खुसी व्यक्त गरे। 

यसलाई उनले ब्लकचेन प्रविधि र स्मार्ट कन्ट्राक्ट्सतर्फको हङकङको पहिलो कदम भएको बताए। 

उनका अनुसार स्यान्डबक्स एक फरक फरक प्रयोगको अवस्थाको परीक्षण र परिष्कृत गर्नसक्ने एक वित्तीय पूर्वाधार हो। यसले निश्चित आय र लगानी कोष, तरलता व्यवस्थापन, व्यापार र आपूर्ति शृंखलामा हरित र दिगो लगानीजस्ता विविध क्षेत्रलाई समेट्छ। 

‘तर स्यान्डबक्सको सम्भाव्यता भने यी कुराभन्दा निकै माथि छ। यसको डिजाइन धेरैखाले डिजिटल मुद्रा र डिजिटल सम्पत्तिलाई लक्षित गरी गरिएको छ र यसले भविष्यमा अन्य पूर्वाधारसँग अविच्छिन्न एकतालाई सुनिश्चित गर्छ’, उनले भने। 

खासगरी हङकङमा टोकनाइजेसनका लागि इन्डस्ट्री बेन्चमार्क तथा आपूर्ति शृंखला लगानी र अन्तर्सीमा भुक्तानीजस्ता वास्तविक अर्थतन्त्रका कठिनाइहरुमा यस्ता पाइलट प्रयोगले समाधानको खोजीमा सघाउ पुग्ने उनको आशा छ। 

सेक्युरिटिज एन्ड फ्युचर्स कमिसन (एसएफसी)की प्रमुख कार्यकारी जुलिया लियुङले एचकेएमएको परियोजनालाई पूर्ण सहयोग रहेको बताइन्। उनले एसएफसी टोकनाइज्ड धितोपत्रको इन्डस्ट्रीमा प्रयोगबारे आवश्यक मार्गदर्शन उपलब्ध गराउन अग्रणी रहेको बताउँदै यो क्षेत्रमा लगानी फन्ड भित्र्याउन दिइरहेको उल्लेख गरिन्। आरटीएचकेबाट
  

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .