हङकङमा टाइफुन यागी : आज साँझ टी३ संकेत जारी हुने, भोलि अझ बढ्न सक्ने

हङकङमा टाइफुन यागी : आज साँझ टी३ संकेत जारी हुने, भोलि अझ बढ्न सक्ने

हङकङमा जारी टी१ संकेत साँझ टी३ मा अपग्रेड हुन सक्नेछ (एससीएमपी)


नेपालखबर
भदौ १९, २०८१ बुधबार ११:२८, हङकङ

चक्रवात यागीका कारण हङकङमा हिजोदेखि टी१ संकेत लागु छ। पछिल्लो समय भने यागी टाइफुनमा परिणत भइसकेको अब्जर्भेटरीले जनाएको छ।

यागी क्रमशः हङकङतर्फ नजिकिँदै गएको अनुमान गर्दै अब्जर्भेटरीले आज साँझ टी३ संकेत अपग्रेड हुन सक्ने जानकारी दिएको छ।

‘दिउँसो १ बजे टाइफुन यागी हङकङको ४९० किलोमिटर दक्षिणपूर्वमा रहेको अनुमान गरिएको थियो,’ दिउँसो १२:४५ मा अपडेट गरिएको अब्जर्भेटरीले बुलेटिनमा भनिएको छ, ‘यो दक्षिण चीन सागरको उत्तरी भागमा १० किलोमिटर प्रतिघण्टाको रफ्तारमा पश्चिम सर्ने र तीव्र रूपले फैलिने पूर्वानुमान गरिएको छ।’

यागीको प्रकृतिअनुसार आज साँझ टी१ संकेतलाई बढाएर टी३ पुर्‍याइन सकिने पनि अब्जर्भेटरीले भनेको छ।

‘पछिल्लो केही घण्टामा यागी पश्चिमतर्फ लागातार र तीव्र रूपमा ट्र्याक गर्‍यो। हालको पूर्वानुमानअनुसार आज राति स्थानीय वायु क्रमशः बलियो हुँदै जानेछ। हावाको संकेत मध्यनजर गरी अब्जर्भेटरीले बेलुका ६ देखि ९ बजेको बीचमा नम्बर ३ सकेत जारी गर्नेबारे विचार गर्नेछ,’ अब्जर्भेटरीले थप भनेको छ।

यागी दक्षिण तीन तटको पश्चिमी भागको नजिक पुग्ने क्रममा पर्ल नदी आसपासको हावा भोलि अझ बलियो हुन सक्ने पनि अब्जर्भेटरीले भनेको छ। यसको गतिशीलता र तीव्रताको आधारमा भोलि दिउँसो वा राति उच्च संकेत जारी गर्ने आवश्यकताबारे मूल्यांकन गरिने समेत बुलेटिनमा भनिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .