भारी वर्षापछि हङकङको ताइपो रोड नजिकैको पाइपर्स हिल पार्किङ स्थल जलमग्न बनेको छ।
मंगलबारको वर्षापछि आएको बाढीले पार्किङ स्थल डुबानमा परेको हो। यसका साथै दिउँसोृ ताइपो रोडमा पहिरो समेत खसेको अधिकारीहरूले जनाएका छन्।
बाढीका कारण पाइपर्स हिल धमिलो पानीले भरिएको थियो। पार्किङ मिटर पानीमा डुबेका थिए। ढल निकास अवरुद्ध भएका थिए।
बाढीपछि सरकारी ठेकेदारहरू घटनास्थल पुगी हिलो पानी सफा गरेका थिए। बाढीबाट कुनै पनि गाडीमा क्षति नपुगेको बुझिएको छ। (द स्ट्यान्डर्ड)
75
Shares
प्रतिक्रिया