हङकङमा युवतीको ‘संवेदनशील अंग नछोएको’ भन्दै छात्रलाई सीमित जरिवाना

हङकङमा युवतीको ‘संवेदनशील अंग नछोएको’ भन्दै छात्रलाई सीमित जरिवाना

चाङलाई वेस्ट काउलुन अदालतमा सजाय सुनाइएको हो (एससीएमपी)


नेपालखबर
असोज ९, २०८१ बुधबार १४:३३, हङकङ

हङकङको सिटी युनिभर्सिटीका एक छात्रलाई युवतीको नितम्बमा वीर्य छर्केको आरोपमा अदालतले दोषी करार गरेको छ।

उक्त विश्वविद्यालयमा पीएचडी अध्ययनरत २६ वर्षीय लाइ चाङवेईलाई २२ वर्षीया युवतीको नितम्बमा आफ्नो वीर्यसहितको तरल पदार्थ छर्केको अपराधमा ५ हजार हङकङ डलर जरिवाना गरिएको हो।

उनलाई मंगलबार वेस्ट काउलुन अदालतमा हाजिर गराइएको थियो। न्यायाधीश ली चिहोले पीडकले पीडितसँग ‘शारीरिक सम्पर्क नगरेको’ वा उनका ‘संवेदनशील अंगहरू नछोएको’ तथ्यलाई ध्यान दिँदै जरिवानाको दण्ड दिएका हुन्।

प्रतिवादी पक्षले चाङ अपराधको समयमा ठूलो दबाबमा रहेको तर्कसहित जेल सजायले उनलाई ठूलो धक्का दिने भन्दै जरिवाना माग गरेको थियो। न्यायाधीश होले चाङको अपराध तनाव र भावनात्मक व्यवस्थापनसँग सम्बन्धित भएको स्वीकारसहित सजायलाई जरिवानामा सीमित गरेको साउथ चाइना मर्निङ पोस्टमा उल्लेख छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .