हङकङका यात्रुलाई सिंगापुर एयरलाइन्सको अफर, एसिया प्रशान्त क्षेत्रको उडानमा ६० प्रतिशतसम्म छुट

हङकङका यात्रुलाई सिंगापुर एयरलाइन्सको अफर, एसिया प्रशान्त क्षेत्रको उडानमा ६० प्रतिशतसम्म छुट

सिंगापुर एयरलाइन्सले आफ्नो प्रवर्द्धन अभियानमा समावेश गरेको गन्तव्यमध्ये बाली पनि एक हो (तस्बिर : ईपीए-ईएफई)


नेपालखबर
असोज १०, २०८१ बिहिबार १७:४०, हङकङ

सिंगापुर एयरलाइन्सले हङकङका यात्रुलाई एसिया-प्रशान्त क्षेत्रको उडानमा ६० प्रतिशतसम्म छुट दिने भएको छ।

एयरलाइन्सको यो कदमसँगै हङकङमा हवाई भाडा छुटको नयाँ युद्ध सुरु भएको कतिपयको बुझाई छ। यसले क्षेत्रीय प्रतिद्वन्द्वी क्याथे प्यासिफिक एयरवेजलाई दबाब सिर्जना हुने पुगेको छ।

सिंगापुर एयरलाइन्सले बिहीबार घोषणा गरेअनुसार, बुधबारदेखि आइतबारसम्म सिंगापुर, बाली, क्वालालम्पुर र पेनाङका लागि करसहित इकोनोमी क्लासका टिकटको मूल्य १५ सय हङकङ डलरबाट सुरु हुनेछ। यो मूूल्य भनेको नियमित मूल्यको ६० प्रतिशत कम हो।

यसैगरी, अर्को वर्षको ३० जुनसम्मका लागि अस्ट्रेलियाका विभिन्न सहर समेट्नेगरी एसिया प्रशान्त क्षेत्रका गन्तव्यमा हङकङ डलर ४ हजार ७० (इकोनोमी क्लास) र माल्दिभ्सका लागि हङकङ डलर ४ हजार ६ सय ९५ को भाडादर अघि सारेको छ। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .