हङकङमा विद्यार्थीको हड्डी टुट्ने गरी कुट्ने शिक्षक पक्राउ

हङकङमा विद्यार्थीको हड्डी टुट्ने गरी कुट्ने शिक्षक पक्राउ

युन युन इन्स्टिच्युट ताओइस्ट एसोसिएसनअन्तर्गत चौथो माध्यमिक विद्यालयको रूपमा सन् १९८८ मा स्थापना भएको हो (द स्ट्यान्डर्ड)


नेपालखबर
असोज ११, २०८१ शुक्रबार १३:८, हङकङ

हङकङमा विद्यार्थीको हड्डी टुट्ने गरी कुट्ने शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ। ताइपो स्कुलका १५ वर्षीय विद्यार्थीलाई शारीरिक हानि पुर्‍याएको आरोपमा विद्यालयका ५७ वर्षीय शिक्षक पक्राउ परेका हुन्।

बुधबार हङकङ ताओइस्ट एसोसिएसन द युन युन इन्स्टिच्युट नम्बर २ माध्यमिक विद्यालयको वार्षिक खेलकुद कार्यक्रम चलिरहेको थियो। यही क्रममा एक छात्राले आफ्नो शैक्षिक नतिजाको विषयलाई लिएर सहपाठीले खिल्ली उडाएको गुनासो गरिन्। यसपछि मध्यस्थता गर्न पुगेका शिक्षकले छात्रलाई शारीरिक हानि पुर्‍याएका हुन्।

स्रोतका अनुसार, शिक्षकले छात्रको घाँटीमा समातेर भुइँमा धकेलिदिएका थिए। बाहिरी चोट नदेखिएका कारण तुरुन्त चिकित्सातर्फ ध्यान नदिएका छात्रले घटनाबारे घरमा बताएपछि भित्री भागमा चोट लागेको खुलेको हो।

उनले आफ्नी आमालाई उक्त कुरा बताएपछि चेकजाँचका लागि अस्पताल लगिएको थियो। जहाँ, बालकको दाहिने हातको हड्डी टुटेको र घाँटी तथा ढाडमा सामान्य चोट लागेको पाइएको हो।

घटनाको भोलिपल्ट (आज) प्रहरीले विद्यालय व्यवस्थापनको निगरानीमा शिक्षकलाई पक्राउ गरेको द स्ट्यान्डर्डले जनाएको छ।

सहपाठीले खिल्ली उडाएको गुनासो गर्ने छात्रा १७ वर्षीया हुन्।

यो विद्यालय हङकङ ताओइस्ट एसोसिएसनअन्तर्गत चौथो माध्यमिक विद्यालयको रूपमा सन् १९८८ मा स्थापना भएको हो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .