हङकङमा सडक भासिँदा यात्रुसहितको ट्याक्सी खाल्डोमा खस्यो

हङकङमा सडक भासिँदा यात्रुसहितको ट्याक्सी खाल्डोमा खस्यो

पानीको पाइप फुटेको ठाउँमा सडक भासिँदा ट्याक्सी खाल्डोमा खसेको थियो (तस्बिरहरू : ह्यान्डआउट)


नेपालखबर
असोज १३, २०८१ आइतबार ११:२०, हङकङ

हङकङको चेङसा वानमा पानीको पाइप फुटेर भासिएको सडकमा यात्रुसहितको ट्याक्सी खसेको छ।

गएराति करिब साढे १२ बजे चाइचि कक सडकको जमिन मुनि गाडिएको पाइप फुटेर भासिएको सडकमा मङककतर्फ जाँदै गरेको ट्याक्सी परेको हो।

चालकले भनाइ उद्धृत गर्दै प्रहरीले दिएको सूचनाअनुसार ‘स्लो लेन’मा गुडिरहेका उनी सडकमा पानी निस्केको देखेर ‘फास्ट लेन’मा मोडिने क्रममा सडक भासिन पुगेको थियो।

‘फास्ट लेन’मा बस आइरहेका कारण एकछिन रोकिएको समयमा एक्कासी ठूलो आवाजसहित ट्याक्सी खाल्डोमा परेको थियो। यसपछि यात्रु र चालक हतपत बाहिर निस्किएका थिए। ट्याक्सी यात्रु लिएर कुनतोङतर्फ जाँदै थियो।

द स्ट्यान्डर्डका अनुसार राति करिब १:५० सम्म ट्याक्सी पानीमा पूरै डुबेको थियो। सडकमा पोखरी जस्तो खाडल देखिन्थ्यो।

बिहान ५ बजे खानेपानी विभागका कर्मचारी घटनास्थल पुगेर पानी बन्द गरेका थिए। पानी बन्द गरेपछिको अवस्थामा सडक गेग्य्रानले भरिएको देख्न सकिन्छ भने ट्याक्सी खाल्डोभित्र। गेग्य्रानले तीन वटा लेख अवरुद्ध पारेको छ।

बाढीबाट प्रभावित क्षेत्र करिब ३० मिटर फैलिएको छ। हाल, नजिकैको पैदलयात्री पुल पनि अस्थायी रूपमा बन्द गरिएको छ।

सडक अवरुद्ध हुँदा आइतबार बिहानसम्म धेरै बस सेवा प्रभावित बन्न पुगे।

भासिएको सडकबाट बाढी नै बग्नेगरी निस्केको पानी र डुब्दै गरेको ट्याक्सी भिडिओमा-

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .