हङकङमा यातायातको प्रतिष्ठित साधन ‘स्टार फेरी’ले राष्ट्रिय दिवसको उत्सवका अवसरमा ३ दिन निःशुल्क सेवा दिएको छ।
हङकङ चाइनिज इन्टरप्राइजेज एसोसिएसनद्वारा प्रायोजित यस निःशुल्क सेवाको मजा आज (३० सेप्टेम्बर) देखि २ अक्टोबरसम्म लिन पाइनेछ। सेन्ट्रलबाट चिमसा चोइ होस् वा वानचाइ यी तीन दिन निःशुल्क फेरी चढ्न पाइनेछ।
आज बिहान उद्घाटन समारोहमा बोल्दै सरकारका मुख्य सचिव एरिक चानले राष्ट्रिय दिवसको बिदामा जनतालाई छुट दिन सरकारले विभिन्न क्षेत्रसँग सहकार्य गरेको बताए।
‘हङकङमा अहिले १४ सय सूचीबद्ध कम्पनीसहित मुख्यभूमिमा आधारित २१ सयभन्दा बढी कम्पनी छन्,’ कार्यक्रममा बोल्दै सचिवले चानले भने, ‘यसले हङकङमा चिनियाँ लगानीमा सञ्चालित उद्यामहरूको बलियो उपस्थितिलाई प्रतिबिम्बित गर्दछ।’
यसले हङकङ मुख्यभूमिका उद्यमहरूको विकासका लागि आवश्यक मञ्च हो भन्ने संकेत गरेको चान बताउँछन्। (एजेन्सी)
Shares
प्रतिक्रिया