हङकङमा मुख्यभूमि चीनबाट खाद्यान्न तस्करी गरेको आरोपमा हङकङका ६ जनालाई पक्राउ गरिएको भन्सार तथा अन्तःशुल्क विभागले जनाएको छ।
भन्सारले शुक्रबार दिएको जानकारी अनुसार अगस्ट र सेप्टेम्बरका ६ वटा छुट्टाछुट्टै घटनामा मुख्यभूमिबाट करिब २ लाख हङकङ डलर बराबरको अनधिकृत मासु, अन्डा र हेरी क्राब बरामद गरिएको छ।
विभागका सिन्डिकेट अपराध अनुसन्धान ब्युरोका वरिष्ठ अन्वेषक चाउ चुनका अनुसार २६० किलोग्राम फ्रिज गरिएको मासु, ६०० अन्डा र १७० किलोग्राम हेरी क्राबसहित ६ जनालाई पक्राउ गरिएको हो।
‘फ्रोजन मासु हङकङमा ड्युटी फ्रि उत्पादन हो,’ वरिष्ठ अन्वेषक चाउले भने, ‘तर, आयातमा खाद्य र पर्यावरण स्वच्छता विभाग तथा भन्सार विभागका निश्चित मापदण्ड छन्।’
सन्दिग्धहरूले नियमको बेवास्ता गर्न खोजिरहेको विश्वासमा पक्राउ गरिएको समेत उनले स्पष्ट पारे। (एससीएमपी)
243
Shares
प्रतिक्रिया