हङकङबाट न्युयोर्क उडेको क्याथे विमान जापानमा आकस्मिक अवतरण

हङकङबाट न्युयोर्क उडेको क्याथे विमान जापानमा आकस्मिक अवतरण

यात्रु बिरामी परेपछि अमेरिका उडेको जहाजलाई जापान डाइभर्ट गरिएको हो (तस्बिर : एक्स/सिग्नस)


नेपालखबर
असोज २०, २०८१ आइतबार ११:१४, हङकङ

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकाको न्युयोर्कका लागि उडेको क्याथे प्यासिफिक एयरवेजको जहाज जापानमा आकस्मिक अवतरण गरेको छ।

शनिबार साँझ ६:२५ मा हङकङबाट छुटेको सीएक्स८४० स्थानीय समयअनुसार आइतबार बिहान १:४४ बजे टोकियोको हानेडा विमानस्थलमा आकस्मिक अवतरण गरेको हो। एक यात्रु बिरामी परेपछि विमानलाई जापान डाइभर्ट गरिएको विमानस्थल स्रोतले जनाएको छ।

‘उडानका क्रममा बिरामी परेका यात्रुलाई झार्नका लागि हङकङबाट न्युयोर्कका लागि उडेको फ्लाइट सीएक्स८४० लाई टोकियोको हानेडामा डाइभर्ट गरिएको थियो,’ क्याथेका प्रवक्ताको लिखित जवाफ भन्दै साउथ चाइना मर्निङ पोस्टमा उल्लेख छ, ‘विमान स्थानीय समयअनुसार आइतबार बिहान १:४४ मा सुरक्षित अवतरण भयो।’

अवतरण पश्चात् बिरामी परेका यात्रुलाई उपचारका लागि अस्पताल पठाइएको र अन्यलाई स्थानीय होटलमा राखिएको  एयरलाइन्सले जनाएको छ। साथै, प्रभावित उडानले स्थानीय समयअनुसार राति ९:२० मा पुनः गन्तव्यको उडान भर्ने तयारी गरिएको छ।

एयरवेजले यात्रु र चालक दलको सुरक्षालाई सधैँ प्राथमिकतामा राख्ने जनाउँदै घटनाबाट प्रभावित यात्रुप्रति कम्पनीले क्षमा मागेको छ। यात्रुहरूको समझदारीप्रति पनि कम्पनीले कृतज्ञता प्रकट गरेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .