हङकङ अध्यागमन अधिकारीले अवैध रूपमा काम गर्ने १० जना घरेलु कामदार र ६ जना रोजगारदातालाई पक्राउ गरिएको जनाएका छन्।
पक्राउ परेका विदेशी घरेलु कामदारहरू आफ्नो खाली समयमा वा समयभन्दा बढी बस्दा अन्य काममा संलग्न भएको आरोपमा पक्राउ परेका हुन्।
वरिष्ठ अध्यागमन अधिकारी फु चिटलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टमा उल्लेख भएअनुसार पक्राउ परेका अवैध कामदार सबै महिला हुन्। र, उनीहरूको राष्ट्रियता मुख्यतया इन्डोनेसियाली र फिलिपिनो रहेको छ।
उनीहरू गेस्ट हाउस सफा गर्ने तथा रेस्टुरेन्टमा वेट्रेसको काम गर्ने लगायतका भूमिकामा रहेको अधिकारीहरूले बताएका छन्।
जसले एक सयदेखि पाँच सय हङकङ डलरसम्मको नगद भुक्तानीमा काम गरेका थिए।
78
Shares

प्रतिक्रिया