हङकङको पहिलो टीसीएम अस्पतालले डिसेम्बरबाट सेवा सुरु गर्ने, यस्तो छ शुल्क

हङकङको पहिलो टीसीएम अस्पतालले डिसेम्बरबाट सेवा सुरु गर्ने, यस्तो छ शुल्क

हङकङको चुङक्वान ओमा रहेको चाइनिज मेडिसिन अस्पतालले डिसेम्बर ११ बाट सेवा सुरु गर्नेछ (एससीएमपी)


नेपालखबर
असोज २९, २०८२ बुधबार १८:४६, हङकङ

हङकङको पहिलो परम्परागत चिनियाँ औषधि (टीसीएम) अस्पतालले डिसेम्बरबाट सेवा सुरु गर्ने भएको छ।

बाहिरी बिरामीका लागि प्रतिभ्रमण १८० हङकङ डलर न्युनतम शुल्क तोकिएको अस्पतालका सञ्चालकले उक्त शुल्कलाई किफायती र प्रतिस्पर्धी दुवैको रूपमा वर्णन गरेका छन्।

अस्पतालमा ६५ प्रतिशत सेवा अनुदानमा र ३५ प्रतिशत सेवा बजारउन्मुख आधारमा सञ्चालन हुने स्वास्थ्य ब्युरोको चिनियाँ औषधि अस्पताल परियोजना कार्यालयका परियोजना निर्देशक डा चेउङ वाईले जनाएका छन्।

डा वाईले पत्रकार सम्मेलनका क्रममा भनेको कुरालाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले भनेको छ– अन्य सेवा प्रदायकको तुलनामा अनुदानित सेवाहरूको मूल्य बजार दरको लगभग एक दशांशदेखि एक तिहाइसम्म हुनेछ।

हङकङका बासिन्दाले यो किफायती सेवाबाट साँच्चै लाभ उठाउन सक्ने समेत डा वाईले भनेका छन्।

हङकङको चुङक्वान ओमा रहेको यस अस्पतालले डिसेम्बर ११ बाट सेवा सुरु गर्नको लागि जनशक्तिको व्यवस्थापन भइरहेको जनाएको छ।

यो अस्पताल सरकारको स्वामित्वमा छ भने बाप्टिस्ट विश्वविद्यालयद्वारा सार्वजनिक-निजी साझेदारी मोडलमा सञ्चालन हुनेछ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .