हङकङमा लुकेर बस्न कति सम्भव?

हङकङमा लुकेर बस्न कति सम्भव?

इमी माहिलुम पबुआया (बायाँ) र अलेली पेरेज तिबे, हराएको १२ दिनपछि सातिनमा फेला परेका थिए (ह्यान्डआउट)


नेपालखबर
असोज ३१, २०८२ शुक्रबार १६:२२, हङकङ

परदेशमा लुकेर बस्नु नराम्रो मात्र होइन, गैरकानुनी पनि हो। त्यो व्यक्ति जसलाई उक्त कार्य गैरकानुनी हो भन्ने पनि थाहा हुन्छ तर पनि ऊ विभिन्न बाध्यताले त्यसरी बस्न बाध्य भएको हुन्छ।

लुकेर बस्नु भनेको बसाइको लागि इजाजतपत्र कागजात (भिसा लगायत) नभईकन विदेशीभूमिमा बसिनुलाई यहाँ उल्लेख गर्न खोजिएको हो।

हामी कतिपय नेपाली पनि विदेशका विभिन्न यस्तो बाध्यतामा हुन सक्छौ, सकेसम्म त्यस्तो परिस्थिति नबनोस्।

यहाँ जोड्न खोजिएको दुई हप्ताअघि हराएका दुई फिलिपोनो घरेलु कामदारको विषयमा हो जो हाल भेटिएका छन्।

‘हराएका’ भन्नाले उनीहरू कतै बाटो बिराएर हराएका भने होइनन्, लुकेका हुन्। यद्यपि भेटिएपछि पनि उनीहरूले दुई हप्तासम्म कहाँ लुके भन्ने चाहिँ खुलाउन अस्वीकार गरेका छन्।

स्रोतलाई उद्धृत गर्दै स्थानीय मिडिया साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेअनुसार लुकिछिपी हिँडिरहेका उनीहरूलाई सातिनको एक रेस्टुरेन्टमा एक फिलिपिनो यात्रुले नै देखेर प्रहरीलाई खबर गरेका थिए।

स्रोतका अनुसार, बिहीबार राति ९ बजेतिर ती महिलाहरूलाई चिन्ने यात्रुले देखेपछि प्रहरीलाई फोन गरेका थिए।

यसरी लुक्नेहरूमा ३३ वर्षीया अलेली पेरेज तिबे र २४ वर्षीया इमी माहिलुम पबुआया हुन्।

खबर पाएपछि आएको प्रहरीले प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा हराएका व्यक्ति नै हुन् भन्ने पुष्टि भएपछि थप अनुसन्धानको लागि सातिन प्रहरी चौकीमा लगे।

पोस्टले गरेको रिपोर्टिङमा उनीहरू हराएका हुन्, लुकेका हुन् वा कसैले बेपत्ता बनाएका हुन् भन्नेबारेमा स्पष्ट पारिएको छैन।

यद्यपि उनीहरूले प्रहरी सहयोगको आवश्यकता नभएको, चिकित्सा उपचार अस्वीकार गरेको र बेपत्ता भएको समयमा बसेक स्थान उल्लेख गर्न नचाहेको उल्लेख गरिएको छ।

अर्को स्थानीय मिडिया द स्ट्यान्डर्डमा उल्लेख भएअनुसार, घरेलु कामदार तोकिएको समयमा घरमा नफर्किएपछि रोजगारदाताले प्रहरीमा हराएको उजुरी दिएका थिए।

त्यस्तै, स्ट्यान्डर्डले उनीहरू ऋणको समस्या थिए पनि भनेको छ। र, दुई जना प्रेममा रहेको समेत उल्लेख गरेको छ।

जे होस्, हङकङ जस्तो २४सै घण्टा जागा रहने र क्षेत्रफलको हिसाबले सानो क्षेत्रमा रहेको सहरमा लुकेर बस्न असम्भव जस्तै हो। उनीहरूलाई केले त्यस्तो बाध्यात्मक स्थिति पैदा गर्‍यो, त्यस्तो स्थिति अरूलाई नआओस्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .