हङकङको सेन्ट्रलमा रहेको चाइनाचेम टावरमा ठूलो आगलागी भएको छ। हालसम्म प्राप्त जानकारीअनुसार आगलागीबाट चार जना घाइते भएका छन्।
स्थानीय मिडियाहरूले जनाएअनुसार, शनिबार दिउँसो भवनको छेउमा रहेको स्काफोल्डिङमा आगलागी भएको हो।
४ घण्टासम्म लागेको आगो अहिले भने नियन्त्रणमा आइसकेको छ। टावरभित्र फसेका कम्तीमा चार जनालाई उद्धार गरिएको छ।
अधिकारीहरूका अनुसार, ३६ वटा दमकल, १५ एम्बुलेन्स र १८४ प्यारामेडिक्स र अग्निनियन्त्रकको टोलीले ४ घण्टाको अथक प्रयासपछि आगो नियन्त्रणमा लिन सफल भएको हो। आगो निभाउने क्रममा ड्रोन पनि प्रयोग गरिएको थियो।
126
Shares

प्रतिक्रिया